nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

गिरिजानन्द साह गिरिजानन्द साह
असार १०, २०८३, ६:४२ मध्यान्ह
महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

धनुषा/असार १० गते। आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको समन्वयमा ‘भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी’ दुईदिने आवासीय कार्यशाला बुधबारदेखि महोत्तरीमा सुरु भएको छ । कार्यशालामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका पत्रकार, सञ्चारकर्मी तथा सञ्चार क्षेत्रसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले भाषिक पत्रकारिता लोकतान्त्रिक समाजको महत्वपूर्ण आधार भएको बताइन् । उनले स्थानीय भाषा, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवद्र्धनमा सञ्चारमाध्यमले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै मातृभाषामा आधारित सञ्चार सामग्री उत्पादन तथा प्रसारणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरिन् ।

मन्त्री थापाले मधेश प्रदेश बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको प्रदेश भएकाले यहाँ बोलिने विभिन्न भाषाको संरक्षणका लागि भाषिक पत्रकारितालाई संस्थागत रूपमा सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइन् । स्थानीय भाषामा सञ्चार सामग्री उत्पादन हुँदा समुदायको भावना, समस्या र सरोकार प्रभावकारी रूपमा अभिव्यक्त हुने उनको भनाइ थियो ।

कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झाले भाषिक पत्रकारिता केवल समाचार सम्प्रेषणको माध्यम मात्र नभई समुदायको पहिचान, संस्कृति र अस्तित्वसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताइन् । उनले पत्रकारितामा विश्वसनीयता, निष्पक्षता र आचारसंहिताको पालनासँगै स्थानीय भाषाका सञ्चारमाध्यमलाई समयानुकूल प्रविधिसँग जोड्नुपर्ने आवश्यकता रहेको धारणा राखिन् ।

त्यसैगरी चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डका अध्यक्ष किशोर लेखीले भाषा, साहित्य, कला र सञ्चार क्षेत्र एकअर्काका परिपूरक पक्ष भएको उल्लेख गर्दै स्थानीय भाषामा गुणस्तरीय सामग्री उत्पादन बढाउन राज्य, सञ्चार संस्था र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए । भाषिक पत्रकारिताले स्थानीय तहका आवाज, मुद्दा र सरोकारलाई राष्ट्रिय बहसको केन्द्रसम्म पु¥याउने महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका पदाधिकारीहरूले भाषिक पत्रकारिताको दिगो विकास, सञ्चारमाध्यमको संस्थागत सुदृढीकरण तथा पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको जानकारी दिएका छन् । उनीहरूका अनुसार प्रदेशमा विभिन्न मातृभाषामा सञ्चालित सञ्चारमाध्यमलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रम आवश्यक छन् ।

कार्यक्रममा प्राधिकरणका सदस्य ज्योति झा र नवीन गुप्ताले पनि भाषिक सञ्चारमाध्यमका चुनौती, सम्भावना तथा नीतिगत व्यवस्थाका विषयमा आफ्नो धारणा राखेका थिए । उनीहरूले डिजिटल युगमा भाषिक सञ्चारमाध्यमलाई टिकाइराख्न नवप्रवर्तन, प्रविधिको उपयोग र गुणस्तरीय सामग्री उत्पादनमा जोड दिनुपर्ने बताए ।

आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा भाषिक पत्रकारिताको वर्तमान अवस्था, स्थानीय भाषाका सञ्चारमाध्यमको दिगोपना, डिजिटल सञ्चारको प्रभाव, पत्रकारितामा आधुनिक प्रविधिको प्रयोग, सञ्चार क्षेत्रका नीतिगत व्यवस्था तथा बदलिँदो सञ्चार परिवेशका अवसर र चुनौतीबारे विषयगत प्रस्तुति तथा अन्तरक्रिया गरिनेछ ।

कार्यशालाले मधेश प्रदेशमा सञ्चालित भाषिक सञ्चारमाध्यमको क्षमता अभिवृद्धि, पत्रकारहरूको पेशागत दक्षता विकास तथा स्थानीय भाषा र संस्कृतिको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

 

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!