nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ई–रिक्सा लाइसेन्स सहजीकरणबारे संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ११, २०८२, ८:३९ मध्यान्ह
ई–रिक्सा लाइसेन्स सहजीकरणबारे संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

धनुषा/चैत ११ गते। ई–रिक्सा चालकहरूको लाइसेन्स प्रक्रियालाई सहज, व्यवस्थित र व्यवहारिक बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित संवाद कार्यक्रम सम्पन्न भएको छ। नेपाल ई–रिक्सा मजदुर संगठन धनुषा, विकल्प एन अल्टरनेटिभ र कायापलटको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सरोकारवालाहरूबीच विस्तृत छलफल भएको हो।

कार्यक्रमको प्रारम्भमा “एनदेखि एक्सनसम्म” शीर्षकमा छोटो प्रस्तुतीकरण गरिएको थियो। उक्त प्रस्तुतीकरणमार्फत ई–रिक्सा क्षेत्रको वर्तमान अवस्था, चालकहरूले भोगिरहेका कानुनी तथा प्रशासनिक जटिलता, लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा देखिएका अवरोधहरू तथा सुधारका सम्भावित उपायहरूबारे जानकारी दिइएको थियो। साथै, ई–रिक्सालाई व्यवस्थित गर्दै सुरक्षित र दिगो यातायातको माध्यमको रूपमा विकास गर्न आवश्यक नीति तथा कार्ययोजनाबारे पनि प्रकाश पारिएको थियो।

संवादका क्रममा वक्ताहरूले ई–रिक्सा चालकहरूले लाइसेन्स लिनका लागि झन्झटिलो प्रक्रिया, आवश्यक मापदण्डबारे स्पष्ट जानकारीको अभाव, प्रशिक्षणको कमी, तथा आर्थिक भारजस्ता समस्या भोग्नुपरेको बताएका थिए। उनीहरूले धेरै चालकहरू अझै अनौपचारिक रूपमा सवारी सञ्चालन गर्न बाध्य भएको उल्लेख गर्दै यसले यातायात व्यवस्थापन र सडक सुरक्षामा समेत चुनौती थपेको धारणा राखे।

मन्त्री मनिष सुमनले ई–रिक्सा क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै चालकहरूको समस्यालाई सम्बोधन गर्न आवश्यक नीतिगत सुधार र सहजीकरणका पहलहरू अगाडि बढाइने बताए। उनले सम्बन्धित निकायहरूबीच समन्वय गरी लाइसेन्स प्रक्रियालाई सरल, सुलभ र पारदर्शी बनाउनेतर्फ सरकार गम्भीर रहेको धारणा व्यक्त गरे।

जिल्ला ट्राफिक प्रमुख सुर्य बहादुर शाहीले सडक सुरक्षाको दृष्टिकोणबाट चालकहरूलाई अनिवार्य रूपमा लाइसेन्स लिई नियमअनुसार सवारी सञ्चालन गर्न आग्रह गरे। उनले ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै ई–रिक्सा सञ्चालनलाई समेत व्यवस्थित गर्न ट्राफिक प्रहरीले आवश्यक सहकार्य गर्ने बताए।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले ई–रिक्सा चालकहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले सञ्चार माध्यममार्फत यस्ता विषयलाई प्राथमिकताका साथ उठाउँदै समाधानतर्फ पहल गरिनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि ई–रिक्सा क्षेत्रले हजारौं व्यक्तिलाई रोजगारी प्रदान गर्नुका साथै वातावरणमैत्री यातायातको रूपमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसलाई व्यवस्थित र सुरक्षित बनाउन राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मनिष सुमन, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सुर्य बहादुर शाही, नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाका अध्यक्ष वीरेन्द्र महतो, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा ई–रिक्सा चालकहरूको लाइसेन्स प्रक्रियालाई सहज बनाउन ठोस कार्ययोजना निर्माण, जनचेतना अभिवृद्धि, नियमित तालिम सञ्चालन तथा सम्बन्धित निकायहरूबीच समन्वय सुदृढ गर्ने विषयमा सहमति जनाइएको आयोजकले जनाएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!