nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?

गिरिजानन्द साह गिरिजानन्द साह
साउन ६, २०८२, १:४७ मध्यान्ह
किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?

*

महिलाहरूले आफ्नो हातमा हरिया पहेँला चुरा, मेहेन्दी र त्यही अनुसार हरियै रंगको पहिरन लगाएर हिँडेको देखिन्छ । परम्परागत रूपमा साउनलाई भगवान् शिवको महिनाका रूपमा मानिने गरिन्छ । यो महिनामा नदी वा तलाउको पवित्र जल शिवलाई अर्पण गरेमा कृपा मिल्ने धार्मिक मान्यता छ ।

यस महिनामा हिन्दु धर्मावलम्बीहरूले नजिकको शिवालयमा गई भगवान् महादेवलाई जल चढाउने परम्परा छ । यस क्रममा शिवलाई प्रसन्न पार्न बोलबम जाने, हरियो / पहेँलो रंगको कपडा धारण गर्ने परम्परा छ । यो महिना अधिकांश महिलाका हातमा मेहेन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमा अझ नेपाली हिन्दु नारीहरूका लागि साउन विशेष महत्वको मानिन्छ । अहिले साना बालिका, युवती, अधबैँसे नारी या वृद्धा सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ ।

साउन लागेलगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको हुन्छ । रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ । पछिल्ला वर्षमा बालिका र किशोरीमासमेत मेहेन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्दो छ । धेरैले यसलाई फेसनका रूपमा लगाएका छन् भने कतिले धार्मिक महत्त्व विश्वासमा यसो गरेका छन् । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीक मानिन्छ ।

साउनमा चुरापोते र कपडासँगै हातभरि मेहेन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्ने पनि उत्तिकै छन् । त्यसैले साउनमा मेहन्दी हरियो चुरा पोतेको क्रेज कतिसम्म छ भने घरायसी महिलामात्रै नभएर कार्यालयमा काम गर्नेदेखि ड्युटीमा खटिएका महिला प्रहरीलेसमेत हरियो चुरा पोते लगाउँदै आएका छन् ।

धार्मिक विश्वास

धार्मिक मान्यताअनुसार साउन शिवको आराधना गर्ने महिनाका रूपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर ‘भगवान् शिव’लाई प्राप्त गरेको धार्मिक विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रूपमा लिने गर्छन् । साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ ।

हरियो रङ सौभाग्यको प्रतीक हो । साउन हरियालीको महिना भएकाले प्रकृतिसँग आफूलाई जोड्न र नजिकिन पनि हरियो लगाउने गरिन्छ । शास्त्रमा प्रकृतिलाई ईश्वरको रूपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफ्नो र पतिको आयु बढ्ने धार्मिक विश्वास छ ।

साउनमा हरियोको महत्त्व

साउनमा विवाहित महिलाले हरियो रंगको चुरा, पोते, सारी वा हरियो रंग धारण गर्दा परिवारमा खुसी बढ्ने तथा श्रीमानको भविष्यमा राम्रो प्रभाव पर्ने मान्यता छ ।

बुध ग्रहको प्रभाव व्यक्तिको भविष्य र व्यवसायमा रहने गर्दछ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो क्षेत्रमा सफल हुने विश्वास गरिन्छ । हिन्दु मान्यता र ज्योतिष शास्त्रअनुसार हरियो रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ ।

तसर्थ, हरियो रंग धारण गर्दा बुध बलियो हुने विश्वास छ । बुध बलियो हुँदा मानिसले सन्तान सुख प्राप्त गर्ने तथा बुद्धि र समृद्धिलाई बढवा दिने मान्यता छ ।

भगवान् शिवलाई प्रसन्न पार्न र शिव कृपा पाउन पनि हरियो रंग धारण गर्ने चलन छ । शिव आफैंमा योगी भएकाले हरियो प्रकृति र यसको रंगले शिवलाई चाँडै प्रसन्न पार्ने विश्वास छ । तसर्थ महिलाहरू साउनमा हरियो मेहेन्दी, चुरा, पोते र साडी लगाउने गर्दछन् ।

 

Tags: जीवनशैली

Discussion about this post

Related Posts

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि