nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जीवन विकास लघुवित्तको शाखा कार्यालय क्षीरेश्वरनाथ धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र ८, २०८१, ७:५५ मध्यान्ह
जीवन विकास लघुवित्तको शाखा कार्यालय क्षीरेश्वरनाथ धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

गिरिजानन्द साह/चैत ८ गते। जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय क्षीरेश्वरनाथ धनुषाले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरुको उपस्थितिमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम भव्यताका साथ सफलतापूर्वक सम्पन्न गरेको छ।

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम यस संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजय कुमार मण्डलको सभापतित्वमा भएको थियो भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथि क्षीरेश्वरनाथ नगरपालिकाको नगर प्रमुख सुकदेव यादवले गरेका थिए। कार्यक्रमको संचालन यस संस्थाको जिल्ला प्रमुख किशोर साहले गर्नुभएको थियो। कार्यक्रममा शाखागत जानकारी शाखा कार्यालय क्षीरेश्वरनाथको कार्यालय प्रमुख गोविन्द साहले गराउनु भएको थियो। कार्यक्रममा संस्थागत जानकारी तथा उद्देश्यबारे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका विभागीय प्रमुख रन्जना निरौलाले जानकारी गराएकी थिइन्।

कार्यक्रम उद्घाटन सत्र,प्रशिक्षण र पुरस्कार वितरण सत्र गरी तीन सत्रमा गरिएको थियो। उद्घाटन सत्रमा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुकदेव यादवले जीवन विकास लघुवित्त संस्थाको प्रशंसा गरेका छन्। जीवन विकास लघुवित्त शाखा कार्यालय क्षीरेश्वरनाथ धनुषा द्वरा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा उनले उक्त संस्थाले ग्रामीण भेगका नागरिकलाई आर्थिक सशक्तिकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन्।

नगर प्रमुख यादवले भने, “जीवन विकास लघुवित्तले ग्रामीण भेगका साना उद्यमी, महिलाहरू र आय आर्जनका अवसर खोजिरहेका नागरिकलाई आर्थिक पहुँचको अवसर प्रदान गर्दै आएको छ। यस संस्थाले दिएको वित्तीय सेवाले स्थानीयस्तरमा आत्मनिर्भरता बढाउन योगदान पुर्‍याइरहेको छ।”

उनले स्थानीय उद्यमशीलता प्रवर्द्धनमा लघुवित्त संस्थाहरूको भूमिका अझ प्रभावकारी बनाउन नगरपालिका स्तरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा जीवन विकास लघुवित्तका प्रतिनिधिहरू, स्थानीय व्यवसायी, महिला समूह तथा नगरबासीहरूको उपस्थिति रहेको थियो।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण तथा शहरी भेगमा वित्तीय पहुँच पुर्‍याउँदै, बचत, कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। स्थानीय तहका प्रमुख तथा नागरिकहरूबाट संस्थाले पाएको सकारात्मक प्रतिक्रियाले यसको प्रभावकारिता झल्काएको छ।

कार्यक्रममा संस्थागत जानकारी दिने क्रममा रन्जना निरौलाले ग्राहक सदस्यहरुको चेतनामा वृद्धि,सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विस्तार, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरू, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपायहरू जस्ता विषयमा प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय क्षीरेश्वरनाथका सदस्यहरु मध्ये उत्कृष्ट बचतकर्ता,उत्कृष्ट ऋणी,उत्कृष्ट उद्यमी र शाखा अन्तर्गत रहेको केन्द्रहरु मध्ये पहिलो,द्वितीय र तृतीय केन्द्रहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजय कुमार मण्डलले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै कर्जाको सही उपयोग गरी व्यावसायलाई सफल बनाउन सुझाव दिए। साथै, संस्थाले प्रविधिमैत्री र पारदर्शी कारोबारमा केन्द्रित हुँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा १५० भन्दा बढी सहभागी सदस्यहरूको उपस्थिति रहेको थियो। साथै प्रमुख अतिथि क्षीरेश्वरनाथ नगरपालिकाको नगर प्रमुख सुकदेव यादव,अतिथिहरुमा वडा अध्यक्ष देवु यादव,मकेश्वर यादव,यस संस्थाको विभागीय प्रमुख रन्जना निरौला,शाखा कार्यालय क्षीरेश्वरनाथका कार्यालय प्रमुख गोविन्द साह,पत्रकार गिरिजानन्द साह,दुधमती प्राथमिक बिधालय क्षीरेश्वरनाथका प्रधानाध्यापक सुश्री नेत्र पहाडी,ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नितेश कुमार सिंह,समाजसेवी टीका प्रसाद यादव,श्याम किशोर यादव,क्षीरेश्वरनाथ शाखा अन्तर्गतको केन्द्र प्रमुख प्रमिला तिमल्सिना,रामकुमारी कापर तथा शाखा कार्यालय क्षीरेश्वरनाथ धनुषाका कर्मचारीहरू लगायतको समेत उपस्थिति रहेको थियो।

Tags: अर्थ/बाणिज्यधनुषा खबर

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!