गिरिजानन्द साह/धनुषा/फागुन २१ गते। धनुषामा पत्रकारिता क्षेत्रका अवसर र चुनौतीबारे विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ। धनुषाका पत्रकार, संचारकर्मी, विज्ञ, तथा सरोकारवालाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिताको वर्तमान अवस्था, प्रविधिको विकाससँगै उत्पन्न अवसरहरू, तथा पेशागत कठिनाइहरूबारे विस्तृत छलफल गरेका थिए। सहभागीहरूले विशेष गरी डिजिटल पत्रकारिताको बढ्दो प्रभाव, गलत सूचना तथा फेक न्यूजको चुनौती, आर्थिक स्रोतको अभाव, तथा प्रेस स्वतन्त्रताको अवस्थाबारे आफ्नो विचार राखे।
संवाद कार्यक्रममा सञ्चारमाध्यमको प्रभावकारिता बढाउने उपाय, स्थानीय पत्रकारिताको प्रवर्द्धन, तथा स्वतन्त्र र विश्वसनीय समाचारको आवश्यकताबारे समेत छलफल गरिएको थियो।
कार्यक्रमको आयोजना पत्रकार महासंघ धनुषाले गरेको थियो भने यस कार्यक्रममा पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह,उपाध्यक्ष अवधेश कामत,जनकपुरधाम उपमहानगरपालिकाका उप प्रमुख किशोरी साह,जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक सिडियो,पत्रकार महासंघका प्रतिनिधि,अनुभवी पत्रकार र संचारकर्मीको समेत उपस्थिति रहेको थियो।





















Discussion about this post