घरमा सधै सुख, शान्ति र समृद्धि होस् भन्ने सबै मानिसको इच्छा हुन्छ । तर, घरमा विभिन्न अनावश्यक वस्तु राख्दा त्यसले घरमा गरिबी निम्ताउनुका साथै ज्यान पनि जान सक्छ । यस सम्बन्धमा के भन्छ त बास्तु शास्त्र ? बास्तु शास्त्र अनुसार घरमा के राख्ने के नराख्ने जानकारी पाउन एक पटक अवश्य पनि पढ्नु होस् ।
वास्तु शास्त्र अनुसार यी ६ चीज घरमा राख्दा धन क्षय हुन्छ, गरिबी निम्त्याउँछ।
चर्केको भित्ता– यदि तपाईका घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस्। किनभने चर्केको भित्ताले दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ।
फुटेको ऐना –घरमा एेना फुटेको छ फुटेको एेनाले घरमा गरिबी निम्त्याउनुका साथै अनिकाल निम्त्याउने शास्त्रको ठम्यार्इ छ ।त्यसैले तपाईको घरमा भएको फुटेको ऐना फाल्नुस्।
परेवाको गुंड – परेवालाई प्रेम तथा शान्तिको प्रतिक मानिन्छ तर वास्तु शास्त्र अनुसार परेवाको गुड छ भने अशुभ मानिन्छ ।शास्त्र अनुसार यसले घरको शान्तिस्थिती खलबलार्इ परिवारबिच कलह मचाउने गर्दछ। त्यसकारण घरमा भएको परेवाको गुड अन्यत्रै सार्नुस ।
चुहिने धारो –चुहिने धारा तुरुन्त मर्मत गर्नुपर्छ । किनभने यसले पानीमात्र होइन्, घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ।
माकुराको जालो –शास्त्र अनुसार घरमा माकुराले जालो बनाएको छ भने तपाइलार्इ चारैतिरबाट ऋण घेर्ने छ । जालोलार्इ अशुभ संकेत पनि मानिन्छ यस्ले दुर्भाग्य पूर्ण घटना निम्त्याउने शास्त्रले जनाएको छ । त्यसकारण आफ्नो घरबाट त्यस्ता माकुराको जालो हटाएर सफा राख्नुनै उपयुक्त हुन्छ ।
चमेरो – तपाइको घरमा चमेराले गुड बनाएको छ भने सम्झनुहोस तपाइले थालेको नयाँकाम पुा हुदैन , चमेरालार्इ दैत्यको रूपमा हेरिने हुदा यस्ले तपाइको घरको शुख शान्तिसंगै अनेको ै दुख कष्ट साथै तपाइको मृत्यु समेत निम्त्याउने शास्त्रको भनाइ छ ।
Discussion about this post