nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामका साथ मनाइदै

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १०, २०८१, ११:२६ बिहान
आज श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामका साथ मनाइदै

भदौ १० गते । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।

शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैकाे दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिअाएको छ । अाज उनै भगवान श्री कृष्णको जन्मदिन ।

संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।

त्यस्ता व्यक्तित्वका धनी उनै श्री कृष्णको परिचयका श्रृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू ‘कृष्णलिला’ को पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू-लोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा अाफ्नो व्यक्तित्वका कारण सबैलार्इ आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।

गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो अास्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ । कृष्ण धारावासीको कृती राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तीको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।

कृष्णका कुरा गर्दा ‘मीरा’लाई पनि इतिहासले बिर्षन खोजेको जस्तो भान हुन्छ, मीरा वास्तवमा एक गृहस्ति जीवन व्यतित गरिरहेकी महिला थिइन जुन कृष्णको अाकर्षण र अनुभूतीमात्रैले पनि सम्पूर्ण कुराहरु त्यागेर कृष्णको खाजिमा निस्किइन । मीराका भजनहरुमा र संगीतमा कृष्णमोह पाइन्छ, समर्पण र सुफिभावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।

श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन्ः
“यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत |
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम् ||”

अर्थात्ः
“जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर अाउनेछुँ ।”

महाभारतमा पाण्डव र कौरवहरु विच युद्धको पल कृष्ण पाण्डव पक्षमा थिए । कौरवहरुसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डव तर्फका अर्जून एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ काैरव सेनामा आफ्नै दाजुभाई र पितामह (हजूरबुवा) सम्मिलित विरूद्धको लडाई, हार र जीत दुवैमा निराशा थियो । श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनाेवल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्ति)का रुपमा युद्धमा साथ दिएर “काम कहिले पनि सानो ठुलो हुँदैन” भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालार्इ प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन्ः

“हे अर्जुन तिमी किन युद्धको परिणामका बारेमा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।”

एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्री कृष्णको व्याख्या गरींदा उनको छेउछाउ जीव जन्तु, चराचरहरूको पनि नामका कारण जीव-जन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ ।

श्री मद्भागवत् गीताका अनुसारः भगवान श्री कृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ, जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुकोलागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया-प्रेम दर्शाउन र उनिहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

शान्ति सुरक्षा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक : एसपी खड्का

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

दिव्य विकास स्रोत केन्द्र (DDRC) द्वारा विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद अभियानको जनकपुरधाममा तीव्रता

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

महोत्तरीमा झुण्डिएको अवस्थामा भेटिएका युवक कपिल दासको हत्या गरिएको परिवारजनको आरोप

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!