बैशाख २४ गते। भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याएका एकजनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका–३ का २० वर्षीय रोशन सोनार रहेका छन् ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले सोनारलाई वीरगन्ज मनपा–१६ रजतजयन्ति चोकबाट शनिबार बिहान १० बजे पक्राउ गरेको हो ।भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका सोनारलाई रोकी उनको शरीर खानतलासी गर्दा उनको कम्मरको भागमा रातो/सेतो रङको गम्छाले बाँधी ल्याएको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गरगहनाहरू बरामद भएको छ ।
बरामद गरगहनाहरु २ किलो १ सय ७३ ग्राम रहेको सोनारलाई गरगहना सहित आवश्यक कारवाहीको लागि आइतबार वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता एवम् सूचना अधिकारी डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।
Discussion about this post