चैत ८ गते। सर्लाही र बारामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर चोकस्थित सडकमा बागमती प्रदेश ०३-००१ ख ४३३ नम्बरको ट्रकलाई ना.४ ख ३२४ नम्बरको बसले ठक्कर दिई बुधबार साँझ दुर्घटना हुँदा ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ४२ वर्षीय तोङश्री बहादुर गोलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार २ जनाको बिएण्डआर अस्पताल नवलपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बाराको निजगढ नगरपालिका-७ लामो पुलस्थित सडकमा प्र.२-०३-००१ ख ४०५९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post