चैत ५ गते। मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदभार ग्रहण गरेकी छिन्।सङ्घमा नयाँ गठबन्धन बनेपछि तीन प्रदेशका प्रमुखलाई फेरिएसँगै मधेश प्रदेश प्रमुखमा भण्डारीलाई नियुक्त गरिएको थियो।
सोमबार मात्रै जनकपुरधाम पुगेकी प्रदेश प्रमुख भण्डारी पदभार ग्रहण गरेपछि प्रदेश प्रमुखको कार्यभार वहन गर्न सबैको साथ र समन्वय रह्ने विश्वास व्यक्त गरिन्।उनले प्रदेश प्रमुखको कार्यभार वहन गर्दा नेपालको संविधान तथा कानूनको परिधिभित्र रहेर काम गर्ने र यसमा सबैको साथ रहने अपेक्षा व्यक्त गरिन्।
यसअघि मधेश प्रदेश प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट हरिशंकर मिश्र नियुक्त थिए।















Discussion about this post