फागुन २९ गरे। बारामा चर्को आवाजमा डीजे बाजा बजाउँदै ध्वनि प्रदूषण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने ३० वर्षीय मनौवर मियाँ रहेका छन् ।
बारा प्रहरीले केही दिन पहिला चर्को आवाजमा डिजे बजाउनेलाई पक्राउ गरेर कारवाही गर्ने सूचना निकालेको थियो । सोही सूचनालाई कार्यनयन गर्दै बारा प्रहरीले चर्को आवाजमा डिजे बजाएर ध्वनी प्रदूूषण गर्ने एक जना व्यक्तिसहित डिजे र गाडी नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो उपमहानगरपालिकाको बजार एरियामा चर्को आवाजमा डीजे बजाउँदै गरेको अवस्थामा नेपाल सुनिल बैण्डका मियाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनलाई डीजे गाडीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताएका छन् ।














Discussion about this post