फागुन २८ गते । सर्लाहीमा बसको ठक्कर बाट एक जना गम्भीर घाईते भएको छ।
सर्लाही जिल्लाको कविलासी नगरपालिका वार्ड नं. १० सलेमपुर चौकमा विहान १० बजेको समयमा बसले ठक्कर दिदा एकजना व्यक्ति गम्भीर घाईते भएको छ । जनकपुरबाट मलंगवा गईरहेको ग २ ख १४४० नम्बर भएको मिकरानी ट्राभल्स सार्वजनिक बसले कविलासी नगरपालिका वार्ड नं. १० निवासी ५५ बर्षिय जुगलकिशोर महतोलाई ठक्कर दिदा निज व्यक्ति सिकिस्त घाईते भएको हो ।
घाईते महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भएको थियो । थप उपचारको लागि घाईते महतोलाई विरगंज रेफर गरेको प्रहरीले जनाएको छ । घाईते महतोको दाहिने खुटा भाचिएको छ, भने कम्मर, ढाड तथा हाथ बाया खुटामा गंम्भिर चोट लागेको छ । बसले महतोलाई ठक्कर दिएपछि स्थानीयहरुले बसमा आगजनी गरेको थियो । मलंगवा नगरपालिकाको बारुण यन्त्रले बसमा लागेको आगो निभाएका थिए ।यद्दपी बसमा आगो लागेर बस पुर्ण रुपमा क्षति ग्रस्त बनेको छ ।अहिले घटना स्थलमा बाकलो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।














Discussion about this post