nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ३, २०८३, १०:३० बिहान
नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

काठमाडाैं/कार्तिक ३ गते। नवरात्रिको नवौँ दिन दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा आराधना गरिन्छ। यस दिन धनधान्यकी देवी माता महालक्ष्मीको पनि पूजा अर्चना गरिन्छ। देवी पुराण अनुसार यिनै देवीको असीम कृपाले भगवान् शिव स्वयंले पनि सिद्धि प्राप्त गरेकाे विश्वास गरिन्छ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले शक्तिशाली राक्षस रक्तबीजको वध गरेकी थिइन । यसै ऐतिहासिक तथा धार्मिक घटनाको सम्झना स्वरूप यस पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ। मार्कण्डेय पुराण अनुसार माता सिद्धिदात्री प्रसन्न भई वरदान दिएमा साधकका सम्पूर्ण इच्छा पूर्ण हुन्छन्। यस पुराणमा अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, इशित्व र वशित्व गरी आठ प्रकारका सिद्धत्वहरूको व्याख्या गरिएको छ।

माता सिद्धिदात्री चतुर्भुजा (चार हात भएकी) हुनुहुन्छ। उनका चार हातमा क्रमशः चक्र, गदा, शंख र कमलको फूल सुशोभित हुन्छन्। उनको मुहारमा सदैव शान्त, सौम्य र प्रसन्न मुद्रा झल्कन्छ। माता सिद्धिदात्रीको वाहन सिंह (लियन) हो, तर पौराणिक ग्रन्थहरूका अनुसार उहाँ पद्मासन मुद्रामा कमलको फूलमा पनि विराजमान छन्।

पौराणिक मान्यता अनुसार, शक्तिस्वरूपा देवीहरूले असुरहरूको संहार गरेपछि बाँचेका असुरहरू जनावरको भेषमा लुकेका थिए। तिनै जनावरको भेषमा रहेका असुरहरूको प्रतीकका रूपमा आजको दिन विभिन्न शक्तिपीठहरूमा पशुबलि दिने चलन चलिआएको छ। महानवमीको दिन शक्तिस्वरूपा सिद्धिदात्रीको विधिपूर्वक पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता प्राप्त हुने र संसारमा कुनै पनि कुरा अगम्य नहुने मान्यता छ। साथै, यिनको साधनाले यस लोक र परलोक दुवैमा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ।

आजको दिनलाई निर्माण, शिल्पकला एवं कलपुर्जाका देवता विश्वकर्माको दिनका रूपमा पनि लिइन्छ। यस दिन नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालय लगायत देशैभर कलपुर्जा, हतियार, मोटरगाडी आदिको विशेष पूजा (जङ्गी निशान पूजा र कोत पूजा) गर्ने चलन छ।

आजको दिन उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, शोभा भगवती, बज्रयोगिनी लगायत देशैभरका शक्तिपीठहरूमा (जस्तै: मनकामना, पलान्चोक भगवती, विन्दवासिनी, छिन्नमस्ता, राजदेवी आदि) बलि सहितको पूजा अर्चनाका लागि भक्तजनहरूको भारी घुइँचो लाग्छ।  वर्षमा एक पटक महानवमीका दिन मात्र काठमाडौँको ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ। कतिपय स्थानमा कन्या पूजा गर्ने, खेतमा गएर माटो तथा अन्नका बिरुवाहरूको पूजा गर्ने तथा नेवा सभ्यता अनुसार खेतमा पूजा अर्चना गरी ‘स्याकुटाकु’ पर्व मनाउने चलन छ।

पूजाको समयमा निम्न मन्त्रको जप गर्नु हाेला:

या देवी सर्वभूतेषु माँ सिद्धि दात्री रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।। अर्थात्: सिद्धिदात्री देवीका रूपमा सर्वत्र विराजमान अम्बे, म तपाईँलाई कोटी–कोटी प्रणाम गर्दछु, मलाई शक्ति प्रदान गर्नुहोस्।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comनवरात्री विशेषबडादसैँ विशेषसमाचार

Discussion about this post

Related Posts

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि