फागुन ४ गते। जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले रिक्त रहेका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे हो ।
कम्पनीले प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना कर्मचारी माग गरेको छ । जनक शिक्षाले शुक्रबार जारी गरेको सूचनाअनुसार आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी कर्मचारीको माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले केन्द्रको वेबसाइटमार्फत फाराम डाउनलोड गरेर आवश्यक विवरण गरी केन्द्रको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । आवेदन फागुन २४ भित्र बुझाउनुपर्नेछ ।
हेर्नुहोस सूचना


















Discussion about this post