सप्तरी/माघ २९ गते। सप्तरीको सुरूङगा नगरपालिका-४ कदमाह स्थित सडकमा स.६ प १३२० नम्बरको मोटरसाइकल प्र.२-०३-००१ ख ६२८४ नम्बरको ट्रकमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा लहान नगरपालिका-१८ बस्ने २३ वर्षीय सिकिन्द्र ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














Discussion about this post