nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : ‘प्रहरीको गोली लागेर लक्ष्मी मुखिया बिनको निधन भएपछि उनको परिवार चिन्तामा सहकारी र लघुवित्तको ऋण कसरी तिर्ने ?

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ३, २०८०, ५:५५ मध्यान्ह
मधेस प्रदेश : ‘प्रहरीको गोली लागेर लक्ष्मी मुखिया बिनको निधन भएपछि उनको परिवार चिन्तामा सहकारी र लघुवित्तको ऋण कसरी तिर्ने ?

पुस ३ गते। प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका वडा नं १ का लक्ष्मी मुखिया बिनको निधन भएपछि उनको परिवार शोकमा डुबेको छ ।  नगरपालिकाको विरोध कार्यक्रम हेर्न गएका मुखियाको बुधवार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

छोरा मृत्यु भएपछि आमा सुरथिया देवी भाव विह्वल अवस्थामा छिन् । घरमा कमाउने छोराको ज्यान गएपछि नाबालक नाति नातिनाको रेखदेख मात्रै होइन सहकारी र लघुवित्तको १० लाख ऋण कसरी तिर्ने भन्ने चिन्ता उनमा छ ।

मुखियाकी आमा सुरथिया देवी प्रहरीको लापरबाहीका कारण आफ्नो छोराले अकालमा ज्यान गुमाउनु परेको बताउँछिन् । मृतक मुखियाको २ वर्षको छोरा र ४ महिनाकी नाबालक छोरी छन् ।

सम्पत्तिको नाममा गुठीको ५ धुर सार्वजनिक जग्गामा बनाएको सानो घर बाहेक केही छैन । स्थलगत रिपोर्टिङको क्रममा उनको घरमा पुग्दा आमा सुरथिया सासले बोल्दै रुँदै थिइन्, श्रीमती अचेत  अवस्थामा थिइन् भने नाबालक बच्चाहरू आमा र हजुरआमाको अनुहार हेरेर रोइरहेका थिए ।

‘कमाउने छोरा पुलिसको गोली लागेर मर्‍यो अव हामी कसरी बाच्ने ? साना किसान र लघुवित्तको १० लाख कर्जा छ ,कसरी तिर्ने ?’ आमा सुरथियाले रुँदै भनिन् ‘साना पोतापोतीलाई कसरी हुर्काउने, पढाउने ?’

मृतक मुखियाले घर बनाउने ज्यालादारी काम गरेर परिवार पेट पाल्दै आएका थिए । दैनिक ज्यालादारी काम  नपाएको दिन छाक टार्न धौधौ हुन्थ्यो । सिम्रौनगढ नगरपालिकामा कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीले  सेवा सुविधा नपाएका भन्दै कार्यालय मुलगेटमा ३ महिनादेखि शान्तिपूर्ण धर्ना बस्दै आएका छन् ।

गत बुधवार नगरप्रमुख किशोरी प्रसाद कलवारले पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई सिम्रौनगढमा हाजिर गराउन ल्याएपछि झडपको अवस्था सिर्जना भएको थियो । सोही क्रममा  आन्दोलनकारीले नगरप्रमुखको गाडी तोडफोड गरेपछि प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय युवा लक्ष्मी मुखियाको ज्यान गएको हो ।

नगर सभामा नेपाली कांग्रेस बहुमत रहेको सिम्रौनगढमा नगरप्रमुख कलवारले मुख्यमन्त्रीको इशारामा प्रमुख प्रशासकीय प्रमुख ल्याएको आरोप छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको निजी निवास पनि यसै पालिकाको वडा नं ३ मा छ ।

सेवा, सुविधा नपाएका कर्मचारी र नगरप्रमुखबिचको द्वन्द्वमा स्थानीय युवकको ज्यान गएको छ । मुखियाको शव वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको शव गृहमा छ । सिम्रौनगढ नगरपालिका नेपाली कांग्रेसका वडाध्यक्षहरूले भने इप्रका सिम्रौनगढका प्रहरी निरीक्षक रविभुषण यादवले मुख्यमन्त्रीको इशारामा गोली चलाएको भन्दै घटना भएको दिनको प्रहरी निरीक्षक यादवको कल डिटेल चेक जाँच गर्नुपर्ने, नगरप्रमुख कलवारमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गर्नुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति, परिवारको व्यवस्थापन र रोजगारको ग्यारेन्टी हुनुपर्ने माग गरेका छन् । सिम्रौनगढ नगरपालिकामा कानुनी रूपमा नगर सभा प्रमाणित नहुँदा स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षकले गत वर्षदेखिको तलब सुविधा पाएका छैनन् ।

हाल देखिएको समस्यालाई लिएर बारा निर्वाचन क्षेत्र नं १ का संघीय सांसद अच्युत मैनाली, नगरप्रमुख कलवार, नेपाली कांग्रेसका पूर्व नगरप्रमुख विजय शंकर यादवबिच पटक पटक छलफल भए पनि निकास भने निस्कन सकेको छैन ।

Discussion about this post

Related Posts

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!