nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मौद्रिक नीति समीक्षाको लागि यस्ता छन् सिबिफिनका डेढ दर्जन सुझाव

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १८, २०८०, ८:४५ मध्यान्ह
मौद्रिक नीति समीक्षाको लागि यस्ता छन् सिबिफिनका डेढ दर्जन सुझाव

मंसिर १८ गते । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) ले मौद्रिक नीतिको त्रैमासिक समीक्षाको सन्दर्भमा केन्द्रीय बैंकलाई डेढ दर्जन बढी सुझाव दिएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परिसंघले पछिल्लो समय बैंकिङ क्षेत्रसँग समग्र निजी क्षेत्रले विषम् परिस्थितिको सामना गर्नुपरिरहेको अवस्थामा मुलुकको अर्थतन्त्र सुधार गर्नेगरी मौद्रिक नीतिको समीक्षा गर्न केन्द्रीय बैंकलाई सुझाव दिएको हो ।

 

आर्थिक गतिविधि, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, आन्तरिक उत्पादन, रोजगारी, आयात–निर्यात, पुँजीगत खर्च प्रणाली, मुद्रास्फीति लगायतका क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिँदा अर्थतन्त्र झन् जटिलतातर्फ उन्मुख भइरहेको हो कि भन्ने व्यापक चिन्ता र चासो समेत बढेको बताउँदै सीबीफीनले यस्तो अत्यन्तै संवेदनशील घडीमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति आर्थिक संवृद्धिमा केन्द्रित हुने खालको हुनुपर्ने परिसंघले बताएको छ ।

मुलुकको वर्तमान अर्थव्यवस्थाको वस्तुनिष्ठ मूल्याङ्कनसहित उत्पादनमूलक/रोजगारमूलक/निर्यातमूलक क्षेत्रमा लगानी विस्तार हुने, आम उद्यम/व्यवसायीक क्षेत्रमा आशा र उत्साह जगाउने र समग्र आर्थिक गतिविधिहरुलाई जीवन्त एवं चलायमान बनाउने उपयुक्त नीतिको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सघाऊ पुगोस् भन्ने अभिप्रायले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले डेढ दर्जनभन्दा बढी लिखित सुझाव दिएको जनाएको छ ।

यस्तो छ सीबीफीनको सुझावहरु

१. संस्थापक शेयरलाई क्रमिकरुपमा सर्वसाधारण शेयरमा रुपान्तरण गर्र्दै जाने बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को व्यवस्थालाई कार्यान्वयनमा ल्याइनुपर्दछ । यस्तो व्यवस्थाको कार्यान्वयनले पर्याप्त पूँजी निर्माण र परिचालनमा प्रत्यक्ष सहयोग पुग्ने देखिन्छ । त्यसैगरी संस्थापक शेयर र साधारण शेयरको बजार मूल्यमा एकरुपता कायम गरिनुका साथै संस्थापक शेयर कर्जाको हकमा समेत साधारण शेयरकर्जा जस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने प्रावधान राखिनुपर्दछ ।

२. व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा भन्दा उत्पादनमूलक, रोजगारमूलक एवं निर्यातमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर सस्तो हुने गरी दोहोरो ब्याजदर प्रणाली लागू गरिनुपर्दछ । यस्तो व्यवस्थाले उत्पादनशील क्षेत्रमा क्रियाशिल उद्योगी÷व्यवसायीलाई प्रोत्साहन मिल्ने, आर्थिक क्रियाकलापहरुले गति लिने, उत्पादकत्व अभिवृद्धि भइ आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धनमा ठूलो टेवा पुग्ने र उद्यमशिलताको विकास तथा रोजगारी अवसर सृजनामा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ ।  त्यसैगरी उत्पादनमूखी कर्जाको हकमा पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) गणना गर्ने प्रयोजनको लागि तोकिएको जोखिम भारलाई ५०% ले कम गरिनुपर्दछ । यस्तो व्यवस्थाले उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार भई अर्थतन्त्र चलायमान बनाउन ठूलो टेवा पुग्ने देखिन्छ ।

३. वर्तमान अवस्थामा ब्याजदरमा परेको चापलाई कम गर्न हाल कायम गरिएको ७.५% को बैंक दरलाई १% ले घटाउनु औचित्यपूर्ण हुनेछ । यसले नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुमाथि परेको दबावलाई कम गर्न र चौतर्फी आक्रमणलाई निस्तेज पार्न सघाउ पुग्नेछ ।

४. बैंक तथा वित्तीय संस्थाहरुको व्यवसायमा आएको संकुचनलाई मध्यनजर गर्दै सम्वत २०८१ अषाढ मसान्तमा लागू हुने ०.५ % को Counter Cyclic Buffer को व्यवस्थालाई स्थगन गर्दा उपयुक्त हुने देखिन्छ ।

५. १ वर्षभन्दा छोटो अवधिको निक्षेपलाई मुद्दतिमा गणना गर्न नपाउने व्यवस्था लागू गरिनुपर्दछ । छोटो अवधिको मुद्दति निक्षेप गर्न पाउने व्यवस्थाले बचत निक्षेप समेत मुद्दतिमा रुपान्तरण हुँदा दीर्घकालिन कर्जा विस्तारमा समेत प्रत्यक्ष असर गरिरहेको छ ।

६. Cash Reserve Ratio लाई Net Liquidity Ratio ले प्रतिस्थापन गरी बैंक तथा वित्तीय संस्थाहरुलाई बढि लचकता प्रदान गरिनुपर्दछ ।

७. Regulatory Retail Portfolio को लागि गणना गर्ने Low Value individual Criteria लाई रु. १ करोबाट रु २ करोड पु¥याइनुपर्दछ ।

८. कर्जा विस्तारमा ११.५ प्रतिशतको लक्ष्य हासिल गर्नका लागि पूँजी पर्याप्तता, जोखिम वहन र क्षेत्रगत सिमालगायतका व्यवस्थाहरुमा थप लचिलो व्यवस्था कायम गर्नु उपयुक्त हुनेछ ।

९. उत्पादनमूखी/रोजगारमूखी/निर्यातमूखी उद्योग र आतिथ्य क्षेत्रलाई लक्षित गरी सस्तो कर्जा प्रवाहको लागि पुर्नकर्जाको सुविधा उपलब्ध गराउने व्यवस्था कायम गरिनुपर्दछ ।

१०. असल कर्जाको लागि कर्जा नोक्सानी व्यवस्था १ प्रतिशत मात्र कायम गरिनुपर्दछ ।

११. बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जामा अनपेक्षितरुपमा वृद्धि भइरहेको वर्तमान अवस्थामा नेपाल राष्ट्र बैंकको निक्षेप लिदा NPA ५% ननाघेको हुनुपर्ने व्यवस्था हटाइनुपर्दछ ।

मा सकार गर्दा सकार गर्दा नभई बिक्री गर्दाको अवस्थामा मात्रै Capital Gain Tax लाग्ने व्यवस्था कायम गरिनुपर्दछ ।

१३. बैंक तथा वित्तीय संस्थाको नाममा सकार भएको गैर बैंकिङ सम्पत्तिलाई प्रचलित कानून बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी तेस्रो व्यक्तिको नाममा नामसारी भइसकेको अवस्थामा उक्त सम्पत्ति पुनः फिर्ता गर्न नसकिने स्पष्ट व्यवस्था कायम गरिनुपर्दछ ।

१४. बैंक तथा वित्तीय संस्थाको नाममा सकार भएको गैर बैंकिङ सम्पत्तिलाई प्रचलित कानून बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी तेस्रो व्यक्तिको नाममा नामसारी गर्दा सम्बन्धित मालपोत कार्यालयले जग्गा हदबन्दी विषय उठाइ नामसारी नगरिदिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाको हकमा जग्गा हदबन्दी लागू नहुने स्पष्ट व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकमार्फत पहल गरिनुपर्दछ ।

१५. चालू पूँजी कर्जाको सिमा निर्धारण गर्ने जिम्मेवारी बैंक तथा वित्तीय संस्थालाई नै दिइनुपर्दछ । त्यसैगरी चालु पूँजी कर्जा सम्बन्धी मार्गनिर्देशन अत्यन्तै महत्वपूर्ण हुँदाहुँदै पनि देशको परिवेश, आवश्यकता, समय–सान्दर्भिकता र संभावित प्रभावका विषयमा सरोकारवालावीच व्यापक छलफल गरी हाल असान्दर्भिक देखिएका व्यवस्थाहरुमा सुधार गर्न तत्काल आवश्यक पहलकदम लिनुपर्दछ ।

१६. जमानतकर्तालाई कालासूचीमा समाबेश गर्ने सम्बन्धमा कायम गरिएको प्राबधान तपसिलमा उल्लिखित ऐन नियमसँग बाझिएको हुदाँ तुरुन्त फिर्ता गरियोस् ।

१७. हाल Accrual Basis मा ब्याज आम्दानी देखाउने र सो को आधारमा कर तिर्नुपर्ने व्यवस्थालाई संशोधन गरी ऋबकज द्यबकष्क मा मात्रै ब्याज आम्दानी देखाउन पाउने व्यवस्था गरिनुपर्दछ ।

 

Discussion about this post

Related Posts

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

जनकपुरधाममा आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

जनकपुरधाममा आठवटै जिल्लाका बाल क्लब सञ्जालका पदाधिकारीका लागि क्षमता विकास तालिम सुरु

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि