nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत,यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २३, २०८०, ८:२२ मध्यान्ह
सामाजिक सञ्जाल नियमन गृहकार्यमा सरकार

काठमाडौं/कार्तिक २३ गते । मन्त्रिपरिषद्को बैठकले बिहीबार सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० पारित गरेको छ । सामाजिक सञ्जालहरू फेसबुक, एक्स (ट्विटर), टिकटक, युट्युब, इन्स्टाग्राम लगायतमा राखिने सामग्रीमाथि प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो ।

निर्देशिकाले नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । जसका लागि सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्न नहुने हो भन्नेबारे १९ बुँदा तयार पारेको छ ।

यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप :

१. बेनामे वा छद्मभेषी पहिचान (फेक आईडी) सिर्जना गर्न,

२. बेनामे वा छद्मभेषी पहिचान (फेक आईडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) व्यक्त गर्न वा कल गर्न,

३. कुनै समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ण, वर्ग, पेसा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवं ट्रोल बनाइ प्रकाशन र प्रसारण गर्न,

४. बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह जस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्न,

५. अरूलाई होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पीच वा हेट स्पिच मानिने कार्य गर्न (स्पष्टीकरण : हेट स्पिच भन्नाले पोस्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रनेजस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडियोलाई सम्झनुपर्छ),

६. डिजिटल माध्यमको प्रयोगबाट कुनै व्यक्तिको तस्बिर विकृत रुपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्न,

७. सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न,

८. अश्लील शब्द, तस्बिर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न,

९. बालबालिकालाई हानि पुर्‍याउने सामग्री तथा बालयौन शोषण, यौन दुर्व्यवहार, देहव्यापारजस्ता निषेधित क्रियाकलापलाई प्रोत्साहन गर्न,

१०. मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न,

११. साइबर बुलिङ मानिने कार्य गर्न, (स्पष्टीकरण : साइबर बुलिङ भन्नाले प्रविधिको प्रयोगमार्फत अन्य व्यक्तिलाई हतोत्साहित बनाउने, धम्क्याउने, हैरान पार्ने, गालीगलौज गर्ने, गलत सूचना सम्प्रेषण गर्नेजस्ता कार्य सम्झनुपर्छ),

१२. लागुऔषध सेवनको प्रोत्साहन तथा कारोबार गर्न, गराउन,

१३. जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्न,

१४. आतंकवादसम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्न,

१५. सामाजिक सञ्जाल प्रयोग गरी कसैको आईडी तथा सूचना ह्याक गर्न,

१६. सामाजिक सञ्जाल प्रयोग गरी फिसिङ, इम्पोस्टरजस्ता कार्य गर्न,

१७. विभत्स तस्बिर, भिडियो कुनै सन्दर्भबिना नै पोस्ट वा सेयर गर्ने,

१८. प्रचलित कानुनले निषेध गरेका वस्तुहरूको विज्ञापन तथा कारोबार गर्न,

१९. प्रचलित कानुनले निषेध गरेका क्रियाकलापहरू नक्कल गर्न तथा सेयर गर्न,

 

Discussion about this post

Related Posts

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव निर्वाचित

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव निर्वाचित

गंगासागर छठ पूजा समितिको अध्यक्षमा सतीशकुमार लाल दास निर्वाचित

गंगासागर छठ पूजा समितिको अध्यक्षमा सतीशकुमार लाल दास निर्वाचित

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

किरायामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास

किरायामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास

‘जेलर २’ १ हजार करोड भारु कमाउने पहिलो तमिल चलचित्र बन्ने संकेत

‘जेलर २’ १ हजार करोड भारु कमाउने पहिलो तमिल चलचित्र बन्ने संकेत

दुबई-तेल अवीव उडान दुर्घटना गराउने प्रयास: को हुन् आरोपी सह-पाइलट हमाम अल-हमामी?

दुबई-तेल अवीव उडान दुर्घटना गराउने प्रयास: को हुन् आरोपी सह-पाइलट हमाम अल-हमामी?

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

पोखरीमा घोप्टो अवस्थामा भेटिए २८ वर्षीय युवकको शव, मृत्युको कारण खोज्दै प्रहरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि