राैतहट/श्रावण १७ गते । रौतहटको सदरमुकाम गौरमा वडाध्यक्षकै अगाडिमा एक युवकलाई बिजुलीको पोलमा बाँधेर निर्घात कु टपिट गर्ने मानिस प क्राउ परिएका छन् । गौर नगरपालिका–३ का २० वर्षीय प्रिन्स अन्सारीमाथि निर्घात कुटपिट भएको हो । वडाअध्यक्ष अब्दुल ताहिरकै अगाडि स्थानीयले युवकलाई बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । विभिन्न सञ्चार माध्यमममा समचार संम्प्रेषण भएपछि प्रहरीले खाेजतलास गर्दै जाँदा आज एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने राैतहट काे गाैर नगरपालिका वडा नं.३ वस्ने हातिम अंसारीकाे छाेरा बर्ष ३८ काे साजिद अन्सारीलाई पक्राउ गरिएको हाे ।
वडाअध्यक्ष ताहरिले भने आफूलाई उक्त घटनाबारे विस्तृत जानकारी नभएको बरु बाँधेको डोरी आफैंले फुकाइदिएको जिकिर गरेका छन् ।
वडाध्यक्षले यस्तो दाबी गरिरहँदा सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा भने उनी प्रिन्सलाई कुटपिट गरेको ठाउँमै उभिएर मौन भएर हेरिरहेको दृश्य देखिन्छ । प्रिन्सलाई कुटिरहँदा केही प्रतिक्रिया नदिइकन केही बेरपछि उनी घटनास्थलबाट अन्यत्र गएको दृश्य भिडियोमा देखिएको छ ।
पक्राउ परिएका मानिसमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।















Discussion about this post