nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी : उपराष्ट्रपति यादवबाट फहराइयो ११० फिट अग्लो राष्ट्रिय झण्डा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १६, २०८०, ८:५१ मध्यान्ह
महोत्तरी : उपराष्ट्रपति यादवबाट फहराइयो ११० फिट अग्लो राष्ट्रिय झण्डा

wg'iff, !^ ;fpgM pk/fi6«klt ofbjnfO{ :jfut dxf]Q/Lsf] dl6xfgL gu/kflnsfdf gful/s clegGbg sfo{qmddf dªunaf/ ;xefuL x'g'ePsf pk/fi6«klt /fd;xfok|;fb ofbjnfO{ :jfut ub}{ dl6xfgL gu/ k|d'v xl/k|;fb d08n . tl:a/M chos'df/ ;fx÷/f;;

महोत्तरी/श्रावण १६ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराएका छन् । महोत्तरीको मटिहानी नगरपालिका–७ तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको राष्ट्रिय झण्डा उनले एक समारोहबीच आज फहराएका हुन् । यो झण्डा मुलुककै सबैभन्दा उचो भएको दाबी गरिएको छ ।

मुलुककै प्रसिद्ध लक्ष्मीनारायण मठ अगाडि निर्मित तस्मैयाबाबा उद्यान परिसरभित्र यो झण्डा विशेष मञ्चमाथि जडान गरिएको छ । राष्ट्रिय झण्डा फहराउनअघि उपराष्ट्रपति यादवले झण्डा उभ्याइएको खम्बाछेउमै राखिएको शिलालेखको अनावरण गरे । मटिहानी नगरपालिकाले निर्माण गरेको विशेष मञ्चमा जडित यो राष्ट्रिय झण्डा फहराउने (उद्घाटन गर्ने) कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरु, मधेस प्रदेशसभा सदस्य, प्रशासनिक तथा सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

समारोह मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो । यो राष्ट्रिय झण्डा जडान तस्मैयाबाबा उद्यान निर्माण योजनाकै अङ्ग रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले बताए । कूल पाँच करोड लागत इष्टिमेटको उद्यान निर्माणमा हालसम्म एक करोड १० लाख खर्च भएको र त्यसमध्ये राष्ट्रिय झण्डा जडानमा १२ लाख ५० हजार खर्च भएको प्राविधिक शाखाले जनाएको छ ।

नेपाली सामाजिक सद्भाव विश्वमै उत्कृष्ट : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली समाजको सहिष्णुता र आपसी सद्भाव विश्वमै उत्कृष्ट रहेको बताए । आज महोत्तरीको मटिहानीमा नागरिक अभिनन्दन ग्रहण गर्दै उपराष्ट्रपति यादवले फरक–फरक जाति, धर्म र भाषा समुदायका नेपालीको आपसी मेल र एकअर्काप्रतिको सद्भाव विश्वमै उदाहरणीय रहेको बताए ।

‘हमरासभक समाज सहिष्णु आ एकदोसरक आस्थाप्रति सद्भाव रखैत अछि’, (हाम्रो समाज सहिष्णु र एकअर्काको आस्थाप्रति सद्भाव राख्दछ’ मैथिलीमा सम्वोधन गरेका उपराष्ट्रपति यादवले भने, ‘दुनियाँक लेल यी हमर परिचय आ सिख सेहो अछि’ (दुनियाँका लागि यो हाम्रो परिचय र सिक्ने सिकाउने कुरा पनि हो) । यादवले हिन्दू परम्पराका सन्त तस्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पीरबाबाको परिकल्पना र मेहनतले आधुनिक मटिहानीको जग बसेको र हिन्दू÷इस्लाम एकापसमा मिलेर बसेका दृष्टान्त पनि यहाँ (मटिहानीमा) देखिएको उपराष्ट्रपति यादवले उल्लेख गरे ।

समारोहमा मटिहानी नगरबासीका तर्फबाट नगरप्रमुख हरिप्रसाद मण्डलले प्रदान गरेको अभिनन्दनपत्र ग्रहण गर्दै उपराष्ट्रपति यादवले मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रका धार्मिक महत्वका स्थललाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । ‘तीन तहक सरकारबीच आवश्यक समन्वय बढाक धार्मिक पर्यटन प्रवर्द्धक काज अगा बैढसकैत अछि’, (तीनै तहका सरकारबीचको आपसी समन्वयबाट धार्मिक पर्यटन प्रवद्र्धनका काम अघि बढ्न सक्छन्) ।

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादवसहित मन्त्रिपरिषद्का सदस्यको उपस्थिति रहेको समारोहमा उपराष्ट्रपति यादवले मधेसभरि नै पानी नपरेर खेतीपाती मात्र नभई खानेपानीकै हाहाकार पर्दै गएको समस्या सम्बोधन गर्न अनुरोध गरे । समारोहमा मुख्यमन्त्री सरोजकुमार यादवले अहिले मधेस प्रदेश सरकार सिँचाइ र खानेपानीको समुचित प्रबन्धसँगै पशुबस्तुमा बढ्दै गएको लम्पी स्किन रोगको पूर्वउपचार कार्यमा तदारुखतासाथ लागेको बताउए ।

मटिहानीवासीले उपराष्ट्रपति यादवलाई नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन, मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको स्थापना गर्न र मधेस आन्दोलनलाई उत्कर्षमा पु¥याउन दिएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको अभिनन्दनपत्रमा उल्लेख छ ।

नागरिक अभिनन्दन ग्रहणअघि उपराष्ट्रपति यादवले मटिहानी–७ स्थित लक्ष्मीसागर तलाउमा महाआरती, लक्ष्मीनारायण मन्दिरमा पूजाअर्चना, लक्ष्मीनारायण मठ परिसरको अवलोकन, तस्मैयाबाबाको समाधिस्थल र पीरबाबाको मजारमा पुष्पगुच्छा अर्पण, ३०५ वर्ष पुरानो गुरुकूल (हाल राजकीय संस्कृत माध्यमिक विद्यालय) को निरीक्षण अनुगमन र तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको एक सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराउनसँगै झण्डा शिलालेख अनावरण गर्नुभएको थियो । मटिहानीमा सम्पन्न अभिनन्दन समारोह नगर प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो । रासस

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!