असार ३१ गते। आइतबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेलको मूल्य घटाएको हो।
खाना पकाउने ग्यासको मूल्य १० रुपैयाँ घटेको छ। अब ग्यासको मूल्य प्रतिसिलन्डिर १७९० रुपैयाँ पर्नेछ।
त्यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाइएको छ। अब पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ हुनेछ। त्यस्तै, अन्यत्र भने ठाउँअनुसार, फरकफरक हुनेछ।
यसैगरी, डिजलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटेको छ। काठमाडौं उपत्यकामा डिजेलको मूल्य प्रतिलिटिर १४६ रुपैयाँ कायम भएको छ।
आयल निगमले अब पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ। भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि बढ्ने र भारतबाट घटेर आउँदा नेपालमा पनि घट्ने निमगले जनाएको छ।




















Discussion about this post