असार ३१ गते। विद्युतीय करेन्ट लागेर शनिबार एक वृद्धको मृ त्यु भएको छ ।
धान खेतमा विद्युतीय मोटरबाट पानी सिँचाइ गर्ने क्रममा रौतहटको परोहा–४ लौकाहाका ७० वर्षीय शेख तैयवको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर खेतमै घाइते तैयवलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।
मृतक तैयवको आइतबार दिउँसो मुस्लिम रितिरिवाजका अनुसार अन्तिम संस्कार गरिने स्थानीय अगुवा शेख नौसादले बताए । विद्युतीय करेन्ट लागेर एक महिनाभित्र जिल्लमा तीन जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।

Discussion about this post