असार १८ गते। विद्यालयको कम्पाउण्ड वालमा हालिएको गेटले थिचिएर एक विद्यार्थीको मृ त्यु भएको छ। अर्का एक जना विद्यार्थी घाइते भएका छन्।
सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. ९ नयाँरोडस्थित ज्ञानज्योति बोर्डिङ स्कूलको कम्पाउण्ड वालको मूलगेट लडेर थिच्दा युकेजीमा अध्ययनरत आयुष वलको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय हरिवनका अनुसार गेटले थिच्दा सोही स्कूलको २ कक्षामा पढ्ने ७ वर्षीय आदित्य लो घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
सोमबार बिहान सवा १० बजे विद्यालयभित्र छिर्ने बेलामा कम्पाउण्ड वालको गेट एक्कासी लड्दा दुई विद्यार्थी थिचिएका थिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।















Discussion about this post