धनुषा/जेठ २० गते। धनुषा प्रहरीले चो रीको आरोपमा दिनकै दिन मानिसहरु प क्राउ गरिरहँदा चो रीको घटना भने रोकिएको छैन । पछिल्लो पटक प्रहरी गस्ती भइरहेको नजिकबाट केहि दूरीमै ट्याक्टर चो री भएको घटना बाहिर आएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–११ मिल्स एरिया चोकमा रहँदै आएको प्रहरी गस्ती टोलीभन्दा मात्र १ सय ५० मिटरको दूरीमा ट्याक्टर चोरी भएको छ ।
बिहीबार राति १ बजे राम इन्टरप्राइजको नाममा लिएर ट्रैक्टर चलाउँदै आएका सरोजकुमार साहको घर नजिकै ट्याक्टर चोरी भएको प्रहरीले जनाएको छ ।
प्रदेश २–०२–००१त २१३३ नम्बरको सोनालिका ट्याक्टरउनले घर नजिकै पार्क गरेर राखेका थिए । यद्यपि प्रहरी गस्ती हुने ठाउँबाट केही दुरीमै चोरहरु ट्याक्टर चोरेर भाग्न सफल भएका छन् । स्रोत-ईजनकपुर टुडे बाट















Discussion about this post