nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : अन्तत: रामजी राम एमबीबीएस उतिर्ण भई बनेरै छाडे डाक्टर

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २०, २०८०, ९:१७ मध्यान्ह
मधेस प्रदेश : अन्तत: रामजी राम एमबीबीएस उतिर्ण भई बनेरै छाडे डाक्टर

जेठ २० गते। रामजी राम अन्ततः एमबीबीएस उत्तीर्ण भएका छन्। रामजी राम तिनै मेडिकल विद्यार्थी हुन्, जसले कलेजको शुल्क तिर्न नसक्दा परीक्षा दिन पाएका थिएनन्।

रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी रामले  
जनवरी २०२० मा नेसनल मेडिकल कलेज, वीरगञ्जका मेडिकल विद्यार्थी रामजी राम आफ्नो चौथो र अन्तिम वर्षको परीक्षाका लागि तयार थिए। उनी डाक्टर हुने कुरामा उनको परिवारलगायत सबैजना खुशी थिए।

तर, त्यो खुशी धेरै समय टिक्न पाएन। किनभने उनले कलेजले तोकेको शुल्क समयमै तिर्न नपाएको कारण परीक्षाबाट वञ्चित हुनुपर्‍यो।तेस्रो वर्षमा रामजीलाई पनि त्यस्तै भएको थियो, त्यसपछि उनले शुल्क तिर्न र परीक्षामा बस्न आवाज उठाउनुपर्‍यो।

रामजीको मुद्दा एक्लो थिएन। एमबीबीएस पढ्ने प्रयास गरेका अन्य धेरै दलित समुदायका विद्यार्थीसँग यस्तो भएको छ। धेरैले बैंकबाट ऋण लिएका छन्, कसैले रामजीजस्तै आवाज उठाएका छन् भने कोही आशा गुमाएर घर फर्केका छन्।

सीमान्तकृत समुदायका यी विद्यार्थीहरूले अध्ययनका लागि सरकारी सहायता पाए पनि उनीहरूको डिग्रीसम्मको यात्रा व्यक्तिगत आघात र कठिनाइले भरिएको हुन्छ।

रामजी रामले बिहीबार फेसबुकमार्फत आफूले एमबीबीएस उत्तीर्ण भएको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘बुवा अन्ततः म पास भएँ । आजसम्मको परीक्षा यात्रामा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा साथ दिनु हुने सम्पुर्ण गुरुहरू , परिवार, इष्टमित्र एवम् यो यात्राभरि साथ दिने कलेज तथा मिडियाकर्मीलगायत अप्ठ्यारो परिस्थितिमा साथ दिनुहुने महानुभावहरू प्रति हार्दिक हार्दिक आभार प्रकट गर्दछु।’

पढ्ने बेला पाएको सास्ती

एमबीबीएस चौथो वर्षमा पुग्दा समेत कलेजले अतिरिक्त शुल्क मागेर उनलाई हैरान पारेको थियो ।

चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ मा छात्रवृत्ति पाएका विद्यार्थीसँग परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदि लिन नपाइने उल्लेख छ । यो व्यवस्थालाई तत्कालीन मन्त्रिपरिषदको सामाजिक विकास समितिको ०७२ भदौ ३१ गते बसेको बैठकले स्वीकार गरेको छ ।

चिकित्सा शिक्षा आयोगले ०७७ पुस २६ गते नेशनल मेडिकल कलेजलाई पत्राचार गर्दै रामजी रामको शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको भन्दै परीक्षामा सामेल गराउन भनेको थियो ।

चौथो वर्षमा समेत कलेजले वार्षिक शुल्क ५ लाख ९८ हजार ५० रुपैयाँ, होस्टल शुल्क ५५ हजार ४ सय २१ रुपैयाँ, खाना खर्च २ लाख १० हजार ३ सय १९ रुपैयाँ र इन्टरनेटको ९ हजार ८ सय रुपैयाँ तिर्न बाँकी देखाएको थियो । उनले आफूले अतिरिक्त शुल्क नतिर्ने अडान राखेपछि कलेजले फारम भर्न रोक लगाएको थियो । अतिरिक्त पैसा नतिरेकै कारण उनलाई कलेजले परीक्षा हलबाट बाहिर समेत निकालिदिएको थियो ।

सरकारले २०७२ को बजेट वक्तव्यमा अति विपन्न समुदायका डोम, मुसहर, चमार र वादी विद्यार्थीलाई मेडिकल र इन्जिनियरिङमा छात्रवृत्ति दिने व्यवस्था गरेको थियो । सोही छात्रवृत्ति पाएर रामजी नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए ।

कलेजले कानुन विपरीत अतिरिक्त शुल्क मागेपछि रामजी लगायत छात्रवृत्तिमा अध्ययनरत अन्य विद्यार्थीले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यम मार्फत आवाज उठाउँदै आएका थिए ।

उनले कठिन परिस्थितिलाई पार गरेर एमबीबीएस उत्तीर्ण हुन सफल भएकोमा खुशी व्यक्त गरे । ‘धेरै बाधा आयो, परीक्षा दिँदादिँदै पनि कठिन परिस्थिति आयो । नीति मिल्दा मिल्दै पनि नियत विग्रेका कारणले कष्टकर भयो,’ उनले भने, ‘सकिने होला कि भन्ने खालको परिस्थिति पनि बन्थ्यो । तर एक न एक दिन पास हुन्छु भन्ने विश्वास थियो, त्यसैले काम गर्यो । अप्ठेरो परेको बेला हिम्मत र साथ दिने मानिसहरु पनि भेटिए ।’

आमा–बुवालाई छोरोले के पढ्दैछ, कसरी पढ्दैछ समेत थाहा नभएको अवस्थालाई टाढाबाट हेर्दा आफैंलाई अजिब लागे पनि दुःख कठिन परिस्थिति सधैं रहँदैन, आत्तिनु हुँदैन भने सिकाइ मिलेको उनको भनाइ छ ।

‘कागजी परीक्षा सकियो, चिकित्सक जीवनको मुख्य परीक्षा अब शुरु हुन्छ । हरेक पल परीक्षाहरु आउँदैछ । पढेर मात्रै हैन अब परेर जान्नुपर्छ,’ उनले भने ‘त्यसका लागि मनस्थिति तयार गरिरहेको छु ।’

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

मधेश प्रदेश सहित देशैभर वर्षा, आइतबारदेखि मौसममा सुधार हुँदै जाने

आजको मौसमः देशका तराई भू-भागमा पनि मध्यम बर्षा हुने

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!