जेठ २० गते। ह त्या आरोपित एक जनालाई सर्लाही प्रहरीले १० वर्षपछि प क्राउ गरेको छ।
ह त्या घटनामा मुख्य अभियुक्त रहेका ईश्वरपुर नगरपालिका-८ बस्ने वर्ष ४० का नरेश चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
लुकीछिपी गाउँमा बस्दै आएका चौधरीलाई सुराकीका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
प्रहरी उपरीक्षक सुवेदीका अनुसार २०७० असोज २९ गते सिरहाको कर्जन्हास्थित पूर्व-पश्चिम राजमार्गको बगहा खोलाको पुलमुनि हत्या गरेको अवस्थामा तनहुँ पोखरी भन्ज्याङकी २५ वर्षीया कल्पना परियारको शव फेला परेको थियो।
उक्त घटनामा चौधरी संलग्न रहेको प्रहरीले जनाएको छ। चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।















Discussion about this post