जेठ १७ गते । तराई मधेसका जिल्लाहरु लगातार बढ्दै गएको तापक्रमले जनजीवनलाई नराम्ररी प्रभावित बनेको छ । गर्मी बढेसँगै लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४१÷४४ डिग्री पुग्न थालेपछि त्यसकारण बिरामी हुनेको सङ्ख्या समेत बढ्दै गएको छ ।
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको सङ्ख्या बढेको चिकित्सकले बताएका छन् ।
गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएको र गर्मी बढेसँगै सप्तरीमा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिम समेत बढ्दै गएको नगरबासीको भनाई छ ।
दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको मजदुरी काम गर्दै आएका पुरेन्दर साहले बताए ।
बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानी लगायतका तरल पर्दाथको सेवनलाई बढाउनाका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन सर्वसाधारणलाई स्वास्थ्य कार्यालयले सुझाव दिएका छन ।















Discussion about this post