सप्तरी/जेठ १७ गते । सप्तरीको राजविराजमा नर्सिङ कलेज भवनको आज उद्घाटन गरिएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्राङ्गणभित्र निर्माण गरिएको अस्पतालको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नबनिर्मित भवनको उद्घाटन गरिएको हो ।
भवन उद्घाटनपछि राजविराज नगरपालिकाका कार्यावाहक प्रमुख इसरत परबिनले भवनको कागजात अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश साहलाई हस्तान्तरण गर्नुभएको छ । दुई तल्लाको भवनमा १४ वटा कोठा, ४ वटा शौचालय रहेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवको संसदीय कोषको रू ६ करोड ९२ लाख २१ हजार ११९ को लागतमा यो भवन निर्माण गरिएको थियो ।














Discussion about this post