सप्तरी/जेठ १६ गते । सप्तरीको राजविराज नगरपालिका ७ सखडा मोड बस्ने ५० वर्षका किशोर गुप्ताले आफ्नै घरमा साडीको पासो लगाई सोमबार आ त्मह त्या गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ७ मन्सापुरकी १७ वर्षिया शिव कुमारी मण्डलको पनि विष सेवनबाट सोमबार मृ त्यु भएको छ । घरायसी विवादमा मुसा मार्ने विषादी सेवन गरी अचेत भएकी उनलाई उपचारका लागी स्थानीय गजेन्द्र नारायण सिह अस्पताल ल्याइ पु¥याइएकोमा उपचार कै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिहले जानकारी दिए ।
सोमबार नै जिल्लाको शम्भुनाथ नगरपालिका २ कनकपटीकी १६ वर्षिया संजिवनी सदाघर नजिकैको बगैचामा आपको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यसैगरि राजगढ गाउँपालिका ३ अनहरी टोलकी १८ वर्षिया कविता यादव तथा राजविराज ६ का ४२ वर्षिय देवन मेहतरले पनि घरायसी विवादमा सोमवार नै विषादी सेवन गरेको छ । दुबै जनाको चिन्ताजनक अवस्थामा स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
कविताले किरा मार्न तरकारी खेतीमा प्रयोग गरिने विषादी तथा देवनले मुसा मार्न प्रयोग गरिने विषादी सेवन गरी आत्महत्याको प्रयास गरेको प्रहरीको भनाई छ । एकै दिन भएको ती आत्महत्याका घटना बारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।















Discussion about this post