सप्तरी/जेठ १३ गते। सप्तरीको बोदेवरसाइन नगरपालिकाले पालिका कार्यालयको (बाउन्ड्री वाल) पर्खाल निर्माणमै १ करोड ८ लाख रुपैयाँ खर्च गरिरहेको छ । दुई पटक निर्माण गरिएको पर्खाल भत्किएपछि नगरपालिकाले तेश्रो पटकसमेत सोही वाल निर्माण गरिरहको हो ।
बोदेवरसाइन नगरपालिकाले निर्मण गरेको नयाँ प्रसासनिक भवनको चारैतर्फ २ सय २० मिटर बाउन्ड्री वालको लम्बाइ रहेको छ । त्यसमध्ये पश्चिमतर्फको ६८ मिटर बाउन्ड्री वाल निर्माण गर्न आर्थिक वर्ष ०७४/७५ मा १२ लाख ६३ हजार ८ सय ९५ रुपैयाँ ११ पैसामा पवन कन्ट्रक्सन हनुमाननगर कंकालिनी नगरपालिका २ सँग सम्झौता गरेको थियो ।
सो आर्थिक वर्षमा पश्चिमतर्फको पर्खाल निर्माण भएको थियो । यस्तै पूर्व, उत्तर र दक्षिणतर्फको पर्खाल निर्माणका लागि दोश्रो पटक आर्थिक वर्ष ०७५/७६ मा सोही कन्ट्रक्सनसँग १९ लाख ४१ हजार ४ सय ९६ रुपैयाँ ४६ पैसामा सम्झौता गरी कार्य समपन्न भएको थियो ।
लाखौं रकम लगाएर निर्माण गरिएको उक्त बाउन्ड्री वाल ०७८ साल भदौमा वर्षा हुँदा पश्चिमतर्फ भत्किएपछि नगरपालिकाले कमजोर संरचना रहेको भन्दै चारतिरको पर्खाल आफैंले भत्काएको थियो । भत्काएपछि फेरि आर्थिक वर्ष ०७९/८० मा बाउन्ड्री वाल, गेट, पार्किङ सेडसमेत गरी टेण्डर गर्दा ७६ लाख १६ हजार ४ सय ६० रुपैयाँ ३० पैसामा आरसी निस्था कन्ट्रक्सन एण्ड सप्लायर्स लालबन्दी ७ सर्लाहीसँग २०७९ पुस २२ गते सम्झौता गरेको थियो ।स्रोत -कान्तिपुर बाट

















Discussion about this post