nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी कारागारको एक बिघा ६ कट्ठा जग्गा अतिक्रमण

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ९, २०८०, ८:५१ मध्यान्ह
सप्तरीको राजविराज कारागारमा एक कैदीबन्दीको मृ त्यु

सप्तरी/जेठ ९ गते। सप्तरी जिल्ला कारागारको एक बिघा ६ कट्ठा १२ धुर जग्गा पछिल्लो २२ वर्षदेखि अतिक्रमण गरेको पाइएको छ ।

कारागारको ठूलो क्षेत्रफलको जग्गामा अतिक्रमण भइरहँदा सप्तरी कारागार राजविराजमा नयाँ संरचना निर्माणका लागि ठाउँ अभाव भएको छ । नयाँ संरचना निर्माण हुन नसक्दा महिला र पुरुष गरी १ सय ५५ जना कैदीबन्दी राख्ने क्षमताको सप्तरी कारागारमा अहिले चार सय तीन जना कैदीबन्दी छन् । झन्डै तीन गुणा बढी कैदीबन्दी राखिँदा कारागारमा उनीहरूलाई कोचिएर राख्नुपर्ने विवशता त छँदै छ, अर्कोतर्फ कारागारमा रहेको आन्तरिक सुविधाहरूमा समेत कैदीबन्दीहरूलाई समस्या भइरहेको छ ।

विगतमा जिल्ला प्रशासन कार्यालय मातहतको कारागार शाखाको रुपमा रहेकोमा २०५० साल साउन १ गतेदेखि गृह मन्त्रालय अन्तर्गतको कारागार व्यवस्थापन विभाग अन्तर्गत सप्तरी जिल्ला कारागार सञ्चालनमा आएको थियो ।

सप्तरी जिल्ला कारागारको नाममा २०५१ साल असार १७ गते २ बिघा १३ कट्ठा १९ धुर जग्गा प्राप्ति भएकोमा भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीको २०७६ साल माघ ८ गते जारी भएको जग्गाधनी पुर्जाअनुसार राजविराज कारागारको नाममा कित्ता नम्बर १०२२ को २ बिघा ८ कट्ठा पौने १७ धुर जग्गा कायम भएको थियो ।

सोमध्ये १ बिघा ६ कट्ठा १२ धुर जग्गा ९० जना व्यक्तिले २०५८ साल जेठ १८ गतेदेखि अतिक्रमण गरी घर टहरा बनाएर बसेको कारागार प्रशासनको भनाइ छ । जग्गा अतिक्रमण भएकै सप्तरी जिल्ला कारागार चारैतर्फबाट पर्खालबिना खुल्ला छ । जग्गा अतिक्रमण गरिएका कारगारको चारैतिर पर्खाल, कैदी राख्ने भवन, सुरक्षाकर्मी आवास तथा अन्य भौतिक संरचना निर्माण गर्न नसकी कारागार व्यवस्थापन दुरुस्त राख्न कठिनाइ भएको कारागार प्रशासनको भनाइ छ । कारागारको जग्गालाई अतिक्रमणमुक्त बनाउने प्रयास नभएका होइनन् । तर ती सबै प्रयास कागजमा मात्र सीमित भएको छ ।

कारागार व्यवस्थापन विभागको चलानी नम्बर ७३६ को २०६६ साल चैत १२ गतेको अतिक्रमित जग्गा खाली गराउने निर्देशन, गृह मन्त्रालयको २०६९ असोज ९ गतेको अतिक्रमित जग्गा खाली गराउन स्थानीय प्रशासनलाई दिइएको निर्देशनका बावजुद पनि अतिक्रमित जग्गा खाली गराउन सकिएको छैन । गृहले २०६९ सालमा एक महिनाभित्र अतिक्रमित जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरेको थियो । २०५८ सालमै तत्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेले जिल्ला प्रशासन कार्याल्यको तर्फबाट सूचना जारी गर्दै कारागारको अतिक्रमित जग्गामा निर्माण गरिएका घर टहरा खाली गर्न सात दिनको निर्देशन जारी गरेको थियो । तर त्यो निर्देशन पनि कागजी प्रक्रियामा मात्र सीमित भएको थियो ।

यसैबीच,सप्तरी जिल्ला कारागारले अतिक्रमित जग्गा खाली गराउन पुनःप्रयास शुरु गरेको छ । स्थानीय प्रशासन र दलका प्रतिनिधीहरूसित छलफल गर्देै कारागार कार्यालयले अतिक्रमित जग्गा खाली गराउने प्रयासमा साथ दिन आग्रह गरेको छ । छलफलले अतिक्रमित जग्गा खाली गर्न १५ दिने सूचना जारी गर्न सुझाव दिएको छ । तर, सप्तरी जिल्ला कारागारले अतिक्रमित भनिएका जग्गामा बाक्लो बसोबास रहेको छ, कतिले पक्की घरसमेत निर्माण गरिसकेका छन् भने साविकमा अतिक्रमित गरेका केही व्यक्तिहरू अर्कालाई जग्गा जिम्मा लगाउँदै अन्यत्रसमेत सरिसकेका छन् । ‘हामी चार पुस्तादेखि यहाँ बसोबास गरिरहेका छौं, कारागार स्थापना हुनुअघिदेखि हाम्रो बसोबास छ,’ अतिक्रमित भनिएको जग्गामा घर बनाएका उपेन्द्र मरिक डोमले भने, ‘अब हामी गरीब दलित कहाँ जानु ? बरु बस्तीको बीचमा कारागार राम्रो नभएकाले कारागार कतै अन्यत्र सार्दा बेस हुन्छ ।’अतिक्रमित भनिएको जग्गामा दलितहरूको घर अत्यधिक छ । साथै अतिक्रमित जग्गामा घर बनाएकाहरूमध्ये केही भाडामा लगाएका छन् भने केहीको बजारमै अन्यत्र घर हुँदाहुँदै पनि अतिक्रमित जग्गा घर बनाइ बस्ने अर्को घरलाई भाडामा लगाउने गरेका छन् ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!