nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्त विरु द्ध आन्दोलनकारीले के पाए, के गुमाए ?

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ४, २०८०, ८:१७ मध्यान्ह
लघुवित्त विरु द्ध आन्दोलनकारीले के पाए, के गुमाए ?

जेठ ४ गते। पछिल्लो एक वर्ष जति भयो, लघुवित्त र सहकारी विरुद्धको आन्दोलन विभिन्न नाम र समूहबाट भैरहेको छ । ऋण लिने, वर्षौसम्म किस्ता नतिर्ने, अनि तिर्न नपरोस् भनी संगठित रुपमा आन्दोलन गर्ने घट्नाक्रम बढेर गएको छ, पछिल्लो दिनहरुमा । 

आन्दोलनमा लाग्नेहरुको अध्ययन विश्लेषण गर्दा धेरैजसो लघुवित्तका डिफल्टर ऋणीहरु रहेका छन् । तर, अगुवाई गर्नेहरु लघुवित्तका सदस्यहरु छैनन्, अरुले नै अगुवाई गरिराखेका छन् । अगुवाई गर्नेहरुमा प्रायः गाउँ समाजमा आर्थिक रुपमा बदनाम भएका, निजका श्रीमती वा एकाघर सदस्यहरुले कर्जा लिएर धेरै लामो समयसम्म किस्ता नतिर्ने, अटेर गर्ने, समूहका अरु सदस्यहरुसँग झगडा गर्ने र त्यस्ता सदस्यहरुबाट केही रकम कलम उठाई आफूलाई ब्यक्तिगत रुपमा फाइदा लिने प्रकृतिका मानिसहरु संलग्न रहेको देखिन्छ ।

साथै कतै कर्जा मिनाहा भईहाल्छ कि भनेर लहलहैमा लागेका सोझा महिलाहरु पनि संघर्ष समितिको पछि पछि लागेको पाइन्छ ।

त्यसो त यस आन्दोलनले गर्दा लघुवित्त कार्यक्रम सञ्चालकहरु पनि सचेत हुने मौका पाएका छन् । जसलाई यहाँ केलाउन खोजिएको छ । 

पहिलो हो, लघुवित्त कार्यक्रम सञ्चालन गर्ने लघुवित्त संस्थाहरुलाई आफू र आफ्नो सेवाहरुको समीक्षा र सुधार गर्ने अवसर पाएका छन् । उनीहरुले आफ्नो सेवालाई अझ पारदर्शी, सदस्यमुखी र चुस्तदुरुस्त बनाउने मौका मिलेको देखिन्छ । 

नीतिगत रुपमा कुनै पनि लघुवित्तको सेवाहरु खराव थिएनन् र हुँदैनन् पनि । तर, कार्यान्वयनको क्रममा भए गरेका कमी कमजोरीलाई सुधार गर्ने एउटा राम्रो अवसर पाएका छन्, लघुवित्त संस्थाहरुले । 

समूहमा सदस्य बनाउने र कर्जा लगानीमा अस्वस्थ प्रतिस्पर्धा थियो, त्यो स्वात्तै घटेको छ । कर्जा लगानी गर्दा कागजात राम्ररी चेकजाँच गरेर मात्र प्रक्रिया अगाडि बढाउने गरेको पाइएको छ पछिल्लो दिनमा । कर्जा लगानी बढाउनु भन्दा इमान्दार सदस्य बनाउने र गुणस्तरीय कर्जामा जोड दिने नीति अख्तियार गरेका छन् । शाखा र सदस्य विस्तार प्रायः रोकिएको छ ।

नियमक निकायको लघुवित्त सेवाका सेवाग्राही सदस्यहरु र सेवा प्रदायक लघुवित्त संस्थाबाट हुने सक्ने र भए गरेका कमीकमजोरी सुधार गर्ने विषयमा ध्यानाकर्षण भएको छ । यसका साथै, नीतिगत तहबाट भए गरेका कमीकमजोरीको आत्मालोचना गर्दैै त्यसमा सुधार गर्ने उपयुक्त समय आएको अनुभूति गरेको छ । 

यसैले नयाँ लघुवित्तलाई इजाजत पत्र दिने बन्द भएको छ । लघुवित्त संस्था धेरै भए भनेर मर्जर प्रक्रिया अभियानको रुपमा अगाडि बढाइएको छ । कर्जा र सदस्यको दोहोरोपना हटाउनको लागि कर्जा सूचना केन्द्रलाई प्रभावकारी बनाउने काम भएको छ । 

ऋणी सदस्यहरु कर्जाको भारमा पर्दै गएको ठहर भएबाट कर्जाको सीमा रु. १५ लाखबाट आधा घटाएर रु. ७ लाखमा झारिएको छ । धेरैवटा संस्थाबाट कर्जा लिन पाउने सुविधालाई बन्देज लगाउँदै एकजना सदस्यले केवल एकवटा लघुवित्तबाट मात्र कर्जा सेवा लिन पाउने विधिलाई कडाई गरेको छ ।

त्यस्तै, कर्जा भुक्तानी गर्न समयावधि केही थप गर्न पाउने सुविधा थपेको छ । सदस्यहरुको बचत र कर्जाको ब्याजदरका साथै सेवा शुल्कमा क्याप लगाइएको छ । यी सबै सुधारका लागि चालिएका प्रत्यक्ष नीतिगत ब्यवस्थाहरु हुन् ।

आन्दोलनकारीले उठाएका प्रमुख पाँच विषयहरुमा लघुवित्त संस्था खारेजी, सामूहिक जमानी कर्जा मिनाहा, ऋणी सदस्यहरुलाई सीप विकास तालिम, ब्यावसायिक योजनाको आधारमा मात्र कर्जा सेवा दिने र विपन्नहरुलाई सरकारले अनुदान दिनुपर्ने रहेको छ । 

माथि उल्लेखितमध्ये लघुवित्त संस्थाहरुले पहिलेदेखि नै सीप विकास तालिम दिदै आएका थिए र ब्यावयायिक कर्जा दिँदा सामान्य प्रकृतिको योजना बनाउने अभ्यास पहिलेदेखि नै थियो । यसमा थप सुधार गर्दै लगेका छन्, लघुवित्त संस्थाहरुले । 

तर, संघर्ष समितिहरुको प्रमुख माग पूरा नहुने पक्का भएपछि पाउने भन्दा गुमाउने भारी गरुङ्गो बन्दै गएको छ । कुनै पनि लघुवित्त संस्था खारेज हुनेवाला छैनन् र हुँदैनन् पनि । साथै कर्जा पनि मिनाहा हुनेवाला छैन । आन्दोलनकारीका अगुवा र तिनका पछि पछि लागी नियमित किस्ता नतिर्नेहरुलाई आफूहरु फसेको अनुभूति भएको छ । 

संस्था खारेजी र कर्जा मिनाहाको लागि भनी सदस्यहरुबाट उठाएको पैसा कुलतमा खर्च गरिसके अगुवाहरुले । सदस्यहरुले आफ्नो पैसा माग्दैछन्, फिर्ता गरुँ पैसा छैन, नगरुँ सदस्यहरुको सामुन्ने कसरी मुख देखाउने ? यो पहिलो हार हो आन्दोलनकारी अगुवाहरुको ।

दोश्रो, सदस्यहरुले भएको आफ्नो सम्पत्ति गुमाए र गुमाउँदै छन् । आन्दोलनमा जाँदा घरमा कोही नभएकोले घाँसपात र पानी नपाएर उनीहरुको घरमा रहेको खसीबोका, पशुधन मरेछन् । पसल हुनेले पसल बन्द गरेर आन्दोलनमा लागे, ब्यापार घट्यो । 

साथै, घरमा भएको दुई चार पैसा आन्दोलनकारी अगुवाहरुलाई बुझाए । अनि आफैले पनि यातायात र खाजापानीमा खर्च गरे । दुई चार महिना नारा जुलुस गर्दा त रमाइलो भयो होला । तर, आप्mनो कारण आफै कर्जाको भारमा फँस्दै गएको बल्ल चाल पाउँदैछन् । पूरा नहुने मागको पछि लागेर गाउँ समाजमा बदनाम भएका छन् र श्रीसम्पत्ति पनि गुमाएका छन् ।

आन्दोलनमा लाग्ने सदस्यहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले आन्तरिक कालो सूचीमा राखेका छन् । कतिपयलाई सरकारी कर्जा सूचना केन्द्रको कालो सूचीमा राखेका छन् । यसले भनेको बेला र चाहिएको कर्जा नपाउने स्थिति आउँदैछ । 

भोलिका दिनमा वडा सदस्यदेखि माथि पालिका, प्रदेश र संघीय सांसदको उम्मेदवार बन्न खोज्दा उम्मेदवारी खारेजी हुने देखिन्छ । साँवा, ब्याज र हर्जाना रकम प्रत्येक दिन बढ्दै जाँदा घरबार डुब्ने स्थिति छ । 

घरमुली आफू त आफ्नै कारणले डुब्ने भयो । तर, आफ्नो कारणले छोरा नातिसम्म दुःख पाउने बैंक वित्तीय संस्थाको कालो सूचीको घेरामा पर्दैैछन् । 

नेपाल सरकारले आफ्नो कर्मचारी, प्रहरी र सेनालाई गत चैततिरबाटै तलव खुवाउन नसकेको समाचार सबैले सुनेकै छौं । सरकारी बजेट घाटामा छ । जसले गर्दा कर्जा मिनाहा हुने कुरै भएन । नेपाल राष्ट्र बैंकले कर्जा मिनाहा त परै जाओस् आन्दोलनकारीले भनेजस्तो गरी ब्याजदर समेत घटाउन सक्ने स्थिति छैन । र, लघुवित्त संस्थाहरुले कर्जा मिनाहा गर्न पाउने अधिकार नै छैन । 

किनकि लघुवित्त संस्थामा ठूलो रकम अरु बैंकबाट लिएको कर्जाको भारी छ, जो भोलि ब्याजसहित तिर्नुपर्छ । लाखौं सर्वसाधारण शेयरधनीहरुको पुँजी छ र लाखौं सदस्यहरुको बचत रकम छ, जो भोलि साँवा र ब्याजसहित फिर्ता गर्नुपर्दछ । 

यसर्थ कर्जा मिनाहा हुने कुरै भएन । अतः नेपाल राष्ट्र बैंकले कर्जाको किस्ता तिर्ने म्याद बढाउने र कर्जा नवीकरण गर्ने सुविधा दिएको छ । विवेक हुने ऋणी सदस्यहरुले आन्दोलनकारीको पछि लाग्न छाडेर आफ्नो कर्जाको किस्ता तुरुन्त तिर्ने, नसक्नेले पाकेको ब्याज चुक्ता गरेर बाँकी कर्जा नवीकरण गर्ने, सक्नेले अवधि थपेर किस्ता तिर्न सजिलो बनाउने हो । यो बाहेक अरु उपाय छैन ।

धमिलो पानीमा माछा मार्न पल्केकाहरुले आन्दोलनकारी र अमुक पार्टीको नाममा लघुवित्तसँग जबरजस्ती चन्दा उठाई राखेका छन् । कतिपय ठाउँमा कर्मचारीहरुलाई हातपात गर्ने गरेका छन् । यी सबै अवैधानिक काम हुन् । भोलि कानूनी प्रक्रियामा पर्दा सार्वजनिक मुद्दा लागी ७ वर्षसम्म जेल जाने र नोक्सान भएको वा लुटेको सम्पत्तिको बिगो र सोही बराबर जरिवाना तिर्नु पर्दा बल्ल चेत खुल्नेछ । 

आन्दोलनकारीले बुझ्नुपर्ने तथ्यकुरा, लघुवित्त र सहकारी संस्था कुनै मिटरब्याजी वा साहुमहाजन होइनन् । सरकारी निकायमा दर्ता भई इजाजतपत्र लिएर विपन्नहरुलाई वित्तीय सेवा दिने सार्वजनिक कम्पनी हुन् । यिनीहरुले गल्ती गरे कानूनी कारबाहीको भागीदारी हुनु पर्दछ, कारवाही गर्ने निकाय छ, त्यो हो राष्ट्र बैंक । उजुरी त्यहाँ गरे अवश्य सुनुवाई हुन्छ । 

तर, अवैधानिक माग राखेर अराजक काम गतिविधि गरे आफै कानूनको फन्दामा परिन्छ । लघुवित्त र सहकारी संस्थाहरु ब्यवसाय र विकासका सहयोगी सहयात्री मित्र हुन् । असल मनले साथ सहयोग लिए प्रगति अवश्य गर्न सकिन्छ । ऋण लिएर नतिर्ने बदनियत राखिए आफै गरिबीको दुश्चक्रमा फँसिन्छ । 

लेखक युनिक लघुवित्त वैंक, कोहलपुरका सिईओ हुन् 

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!