nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश सरकारबाट जनमत बाहिरिदै ! आलोपालोको सहमतिमा कांग्रेसलाई ल्याउने जसपाको तयारी

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २, २०८०, १२:०३ मध्यान्ह
सीके राउतले भने– ‘जनमत पार्टी मन्त्री पदको भोको होइन’

जनकपुरधाम/जेठ २ गते। मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका जनता समाजवादी पार्टी (जसपा)ले जनमत पार्टीलाई सरकारबाट बाहिर गर्ने तयारी गरिसकेका छन् ।

जनमत पार्टीका मन्त्रीहरुले सरकारलाई बदनाम गर्ने कार्यलाई तीव्रता दिएका कारण सरकारबाट बाहिर गरिने तयारी थालिएको छ । जनमतका मधेश प्रदेशका मन्त्रीहरुले जथाभावी भाषणबाजी गर्न थालेपछि मधेश प्रदेशको बदनामी हुन थालेको छ । मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बसन्त कुशवाहाले एक लाख भैसी खरिद गर्ने, मलखाद आफै खरिद गर्ने लगायत प्रदेशको बजेट भन्दा पनि बढी अनुदान दिने जस्ता सस्तो भाषणबाजी गरेर प्रदेश सरकारलाई बदनाम गर्न थालेको पाँच दलीय गठबन्धन दलको बुझाइ छ ।

गठबन्धनमै रहेका जनमत पार्टीका अध्यक्ष सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादव र पार्टीप्रति अतिनै नकारात्मक रहेकोले गठबन्धनमासमेत असर पर्न सक्ने गठबन्धन दलका नेताहरुको बुझाइ छ । उनीहरु भन्छन्–‘गठबन्धनमै रहेर गठबन्धनको निर्णय विपरीत अभिव्यक्ति दिनुले जनतामा गठबन्धनप्रति अविश्वास बढ्ने भएकाले जनमत पार्टीलाई सरकारबाट हटार कांग्रेसलाई सहभागी गराइने भएको छ ।’

उपराष्ट्रपतिको चुनावमासमेत गठबन्धनमै रहे पनि जनमतले जसपाका उम्मेदवारविरूद्ध उम्मेदवारी दिएको थियो । रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि भएको बारा–२ को उपनिर्वाचनमा जसपा र जनमत आमनेसामने भएका थिए । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग चुनाव हारेका जसपा अध्यक्ष उपेन्द्र यादव बारा–२ बाट उम्मेदवार बनेका थिए । बारा–२ मा पनि यादवलाई जनमतले निकै कडा चुनौती दिएको थियो। जनमत पार्टीलाई सरकारबाट हटाउन उसले नयाँ समीकरण बनाउने तयारी गरेको छ । जनमतलाई सरकारबाट हटाएर कांग्रेसलाई भित्र् याउने तयारीमा जसपाका नेताहरू लागेका छन् । जसपाका एक नेताले कांग्रेसलाई सकारमा सहभागी गराएर जनमत पार्टीलाई हटाउने तयारी भइरहेको जानकारी दिए ।

२०७९ पुसमा मधेश प्रदेशको सरकार गठन हुँदा जसपा र जनमत पार्टीले सरकारको आलोपालो गर्ने सहमति भएको थियो । त्यसकै आधारमा पुस २७ गते जसपाका सरोज यादव मुख्यमन्त्री बनेका थिए।त्यो बेला एमाले, जसपा, जनमत पार्टी र नेकपा (माओवादी केन्द्र) लगायतका दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका थिए। अहिले परिस्थिति फेरिएको छ । राष्ट्रपति निर्वाचनमा संघीय सरकारबाट एमाले बाहिर एसँगै मधेश सरकारबाट पनि बाहिरएको छ ।

अब नेपाली कांग्रेस सरकारमा जाने तयारीमा छ । कांग्रेस सरकारमा जाने मात्रै होइन, उसले मुख्यमन्त्री आलोपालो गर्ने ग्यारेन्टीसमेत खोजेको छ। कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरेसँगै जनमत पार्टीसमेत सरकारमा नरहने सम्भावना बढेको छ। मधेश प्रदेशको मन्त्रिपरिषद् पुर्नगठन हुने तर सरकारको नेतृत्व नबदलिने तयारी जसपाको छ । सरकारको नेतृत्व भने आलोपालो गर्ने तयारी थालिएको छ । कांग्रेस मधेश प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवले गठबन्धनले गरेको निर्णयअनुसार आफूहरू अघि बढ्ने बताए । ‘हामीले त अहिले नै सरकारको नेतृत्व दाबी गरेका छौं । तर हामी गठबन्धनमा भएको निर्णय मान्छौं,’ उनले भने,‘आलोपालो नेतृत्वमा हाम्रो स्वभाविक दाबी रहन्छ । अहिलेको सरकारमा सहभागी हुने विषयमा पनि छिट्टै निर्णय होला।’ आलोपालो नेतृत्वको लागि लोसपाले समेत दाबी गरेको छ । लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले मधेश सरकारको नेतृत्व आफूहरूले पनि पाउनुपर्ने बताए। ‘हामी सत्ता गठबन्धनको एउटा घटक हो। कांग्रेस गठबन्धनको ठूलो पार्टी हो। तर उसले मात्रै सबैतिर लिने भन्ने हुँदैन,’ उनले भने,‘ मधेशमा एक कार्यकाल हामीले सरकारको नेतृत्व पाउनु न्यायोचित हुन्छ। त्यसमा अरू दलले पनि साथ दिन्छन् भन्ने विश्वास छ।’ जसपाका प्रवक्ता मनीष सुमनले जनमतले मुख्यमन्त्री नपाउने मात्र होइन सरकारमा वस्ने नैतिक आधारसमेत गुमाएको बताए । ‘उपराष्ट्रपति निर्वाचनमा समेत उसले गठबन्धनको निर्णय मानेन ।

बाराको चुनाव त सबैले देखेकै छन्,’ उनले भने,‘त्यसैले अब उसले मधेश प्रदेशको सरकारमा बस्ने आधारसमेत गुमाएको छ। प्रदेश सरकारमा बस्ने हो भने उसले आत्मालोचना गर्नुपर्छ।’ जनमतले आलोपालोमा मुख्यमन्त्री पाउने कुनै सम्भावना नरहेको उनले बताए। १ सय ७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ सांसद चाहिन्छ । पहिलो दल एमालेको २३ सांसद छन्। कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १३ सांसद छन् । लोसपाका ९, नेकपा (माओवादी केन्द्र) का ९ र नेकपा (एकीकृत समाजवादी) का ७ जना सांसद छन्। स्वतन्त्र सांसद तीन जना छन भने नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १÷१ सांसद छन्। सरकार गठनका लागि नेपाली कांग्रेस, जसपा, माओवादी केन्द्र र नेकपा एस मिल्दा झिनो बहुमत पुग्छ । चार पार्टीका ५६ सांसद छन् । लोसपासमेत थपिएपछि भने ६५ सांसद हुन्छन् ।-साभार स्रोत-ईजनकपुर टुडे बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

विश्वकपमा सबैभन्दा बढी खेलाडी पठाउने म्यानचेस्टर सिटी, थिए १९ खेलाडी

विश्वकपमा सबैभन्दा बढी खेलाडी पठाउने म्यानचेस्टर सिटी, थिए १९ खेलाडी

चीनियाँ समान प्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

चीनियाँ समान प्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

स्वरोजगार लघुवित्तको १० हजार बढी सेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको १० हजार बढी सेयर बिक्रीमा

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

मधेश प्रदेश सहित देशैभर वर्षा, आइतबारदेखि मौसममा सुधार हुँदै जाने

आजको मौसमः देशका तराई भू-भागमा पनि मध्यम बर्षा हुने

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!