nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कीराको डरले बर्सेनि बाली फेर्दै किसान

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३०, २०८०, ९:४४ मध्यान्ह
कीराको डरले बर्सेनि बाली फेर्दै किसान

महोत्तरी/बैशाख ३० गते । ‘यसो गर्दा होला कि भन्यो, परिश्रम गर्‍यो, तर केही हुने छाँट देखिन्न’, महोत्तरीको भङ्गाहा(४ रामनगरका ६५ वर्षीय किसान सत्यनारायण यादव भन्छन्, ‘के चिजले साथ नदिएको हो खोइ रु कुनै खेतीले पनि उभो नलाग्ने भइयो।’

पछिल्ला १० वर्षयता नगद आर्जनका लागि तरकारी खेतीमा नङ्ग्रा खियाउँदै आएका यादव समयले साथ नदिँदा अपेक्षित सफलता नपाएको गुनासो गर्छन् । ‘बीस वर्षको उमेरदेखि खेतीमा घोटिएको किसान हुँ, दिगो तवरले कुनै खेतीमा जम्न सकिएन’, यादव भन्छन्, ‘खासमा मौसमकै राम्रो साथ नपाउँदा खेतीले उँभो लागिएन ।’

धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली हुँदै अहिले उनी तरकारी खेतीमा संलग्न छन् । यादवले अहिले लहरे तरकारी ९फर्सी, लौका, घिरौँला, करेला, बोडी आदि० लगाएका छन् । पछिल्ला केही वर्षयता तरकारी खेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो नआउनेभएपछि बब के गर्ने भन्ने यादवमा चिन्ता बढेको छ ।

यादवकै छिमेकी रामबहादुर ठाकुर, बहुरा महतो, हरि महतो र गङ्गाप्रसाद महतो पनि पछिल्ला केही वर्षयता तरकारी खेतीमै घोटिएका छन् । पहिले पिताको सहयोगी भएर अन्नखेतीमा जम्नुभएका ठाकुरलाई क्रमशः पछिल्ला वर्षमा पानीको तुक नमिल्दा सुर्ती खेतीमा लागेको राम्रो हेक्का छ । २०३० सालदेखि २०४० सम्म बारनघर ९सुर्ती सुकाउने घर० लाई दाउराको कमी हुँदै गएपछि उखुखेती हुँदै केही वर्षयता तरकारी खेती गर्न लागिएको उनी बताउँछन्।

पहिले यो बेला यस्तो मौसम हुन्छ भन्ने अनुमान लगाउन सजिलो थियो । त्यसैले त्यतिखेर अन्नबाली ९धान, गहुँ, मकै, कोदोआदि० राम्रै फलाइन्थ्यो, पछिल्लो समय मौसमको भर हुन छाड्यो। सन्तुलित वर्षा हुन छाड्यो र बिस्तारै अन्नखेती छुट्दै गए’, ६० वर्षीय ठाकुर पुराना कुरा सम्झँदै भने, ‘सामान्य सिँचाइले हुने सुर्ती खेती थालियो, पछि दाउरा पाइन छाडेपछि त्यो पनि छुट्यो।’

आफ्नै जीवनकालमा कैयौँ खेतीका अनुभव सँगालेका ठाकुर सुर्तीपछि उखुहुँदै अहिले तरकारीखेतीमा आइपुगेका छन् । मधेसको मुख्य खेती धान नै भए पनि यसलाई पानी पर्याप्त चाहिने हुँदा किसान समस्यामा पर्छन् ।

‘स्थायी सिँचाइको प्रबन्ध छैन, आकासे पानीकै भर हो, पानी सन्तुलित तरिकाले पर्न छाडेपछि धान खेती थेग्न सकिएन’, बर्दिबास नगरपालिका(९ पशुपतिनगरका ६० वर्षीय किसान महेन्द्रसिंह कुशवाहा भन्छन्, ‘कतिथरी बाली फेर्दै अब तरकारी खेतीमा पुगेका छौँ।’

पछिल्ला केही वर्षयता तरकारी बालीमा यसअघि नदेखिएका थरिथरिका किराको प्रकोप बढेको कुशवाहाको भनाइ छ। मौसममा फेरबदल हुनु, पानीका स्रोतहरु सुक्दै मासिँदै जानु, भरपर्दो बीउविजन र मल समयमा नपाउनु र फसलमा थरिथरिका किराको प्रकोप बढ्दै गएपछि किसानमा निराशा बढेको छ ।

‘अहिले त किरा मार्न प्रयोग गरिने विषादी पनि प्रभावहीन बनेका छन्’, भान्टाको बोट देखाउँदै उनले भने, ‘कति थरीका विषादी छर्दा पनि किराको प्रकोप हटेको छैन ।’ सल्लाह दिने कोही जेटी, जेटिए ९कृषि प्राविधिक० पनि नभेटिने गरेको भन्दै उनले गुनासो गरे ।

बेमौसमी तरकारी बालीमा किरा र रोगको प्रकोप हुने गरेको किसानको अनुभव छ । ‘म यहीँ हुर्केको हुँ, १५र२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैनथे, यी विषादी पनि थिए कि थिएनन् थाहा छैन रु अहिले त यी थरिथरिका किरा र रोगले हैरान पारेका छन्’, पशुपतिनगरकै अर्का किसान रामविनोद महतो भन्छन् ।

पहिले बालीभित्र दुबो, मोथे र बन्सोजस्ता झार एकपटक गोडेपछि रोपेका बिरुवा हलक्क बढ्ने गरेका सम्झँदै महतोले अचेल भने कैयनथरीका झार उम्रने र त्यसलाई मास्न औषधि प्रयोग गर्ने गरेको बताए ।

‘असार(१५ ताका मज्जाले पानी पर्छ भनेर धान रोप्ने रोपार खोजिन्थ्यो, त्यस्तै हुन्थ्यो पनि’ जिल्लाकै गौशाला(४ रजखोरका ६५ वर्षीय किसान रिझन साहले आफू २०र२२ वर्षको तन्नेरी हुँदाका कुरा सम्झँदै भने, ‘बर्खा लागेपछि पानी परी रहन्थ्यो, कुला चल्थे, त्यस्तो रोगब्याधि पनि लाग्दैनथ्यो, रामै्र अन्न भित्रिन्थ्यो।’

तर पछिल्ला १५र२० वर्षयता अनुकूल वर्षा नहुँदा कुलो चल्नु त परै जाओस् खानेपानीका इनार पनि सुक्दै गएर बर्सेनि रिङ ९सुकेका इनार थप खनेर पक्की गोल थप्ने काम० हाल्नु परिरहेको साह बताउँछन् ।

बढ्दो बस्ती, वन फँडानी, कलकारखाना बढ्नु र जताततै नदीमा बालुढुङ्गा निकाल्न ठूलठूला मसिन चल्न थालेपछि यस्तो अवस्था आएको साहको अनुभव छ । ‘हाम्रो खेतबारीमा कुलो ल्याइएका नदीमा साउन भदौमै कमिला हिँड्छन्, कहिले भने यसअघि कहिल्यै नबेहोरिएको बाढी आएर खेतबारी काटेर बगर बनाउँछ’, गौशाला(६ फुलकाहाका किसान गगनदेव यादव भन्छन्,’बाबुबाजेले सुनाउनुभएका पुराना खेतीपातीका कुरा मेल खान छाडेँ।’

उनले पछिल्ला केही वर्षयता वन फँडानी हुँदै गएपछि जङ्गली वन्यजन्तु निलगाइ, बँदेल, दुम्सी र बाँदर आतङ्कले पनि बालीनाली जोगाउन सकस परेको गुनासो गरे । बर्दिबास(९ पशुपतिनगरका महेन्द्रसिंह कुशवाहा, जवाहर महतो, रामविनोद महतो, रामचन्द्र थापा मगर, उत्तमबहादुर राना, रामबहादुर राना, रामदेव महतो र ब्रह्मदेव महतो तरकारी खेतीमा जमेका किसान मानिन्छन्।

उमेरले ५० वर्ष कटिसकेका उनीहरु सबैको चिन्ता पनि रिझन साहको जस्तै छ । छिमेकको भङ्गाहा नगरपालिका(४ का ६० वर्षीय सत्यनारायण यादव, ५७ वर्षीय रामजी यादव, ५४ वर्षीय चन्देश्वर राय दनुवार र ६७ वर्षीय रघु महरा पनि मौसमले साथ नदिँदा बर्सेनि खेती फेर्नुपरेको बताउँछन् ।

जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अहिलेसम्म कुलो र नहरको सिँचाइ पुगेको १० प्रतिशत क्षेत्रफलमात्र छ । अनुकूल वर्षा नहुँदा कुलोनहरका पानीका स्रोतका मुहान पनि पछिल्ला वर्षमा सुक्न थालेका छन् ।

जिल्लाका किसानले भोगेका यी समस्या विश्वव्यापी समस्या भएको विज्ञ बताउँछन् । महिना र नक्षेत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलबाजी अब मिल्न छाडेको वन वातावरण क्षेत्रमा काम गरेर लामो अनुभव सँगाल्नुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउँछन् ।

विश्वभर जलवायु परिवर्तनमा परेको असरले वर्षा, गर्मी, बाढी, पहिरोजस्ता प्रकोप र फरक खालका वनस्पति झार र वन्यजन्तुको फरक ठाउँमा चहलपहल बढेको यादवको भनाइ छ । यसरी मौसममा परेको प्रभावअनुसार आफूलाई ढाल्दै जानुको तत्काल विकल्प नरहेको यादव बताउँछन् ।

‘जलवायु परिवर्तनको विश्वव्यापी असर छ, हाम्रा गरिब बस्ती साधनस्रोतको अभावमा यसबाट बढी प्रभावित छन्’, यादव भन्छन्, ‘गरिब किसानसम्म अब राज्यले यसअनुसारका सुविधा बढाएर अनुकूलन खेतीतर्फ अग्रसर गराउन सक्नुपर्छ।’

बालीनालीमा बढ्दो रासायनिक मलको निर्भरता र विषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गरेर प्राङ्गारिक खेती प्रणालीमा किसानलाई फर्काउन अब ढिलाइ गर्न नहुने यादवको थप भनाइ छ। –रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!