सप्तरी/बैशाख २७ गते। सप्तरीमा यसअघि निवेदन दिएका मिटरव्याज पीडितहरुलाई पुनः निवेदन दिनुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आगामी बैशाख ३१ गतेसम्म यसअघि निवेदन दिएका पीडितलाई पुनः निवेदन दिन भनेको छ ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मंगलबार एक सूचना जारी गर्दै अनुचितत्त लेनदेन (मिटर व्याजी) सम्बन्धी जाँचबुझ आयोगको समयावधी बैशाख १७ देखि ३१ गतेसम्म रहेको हुँदा सोही अवधीभित्र नयाँ तथा विगत (पुरानो) मा निवेदन दिएका पीडितलाई समेत पुनः निवेदन दिन भनेका छन् ।
मिटरव्याज पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहितको व्यहोरा खुलाई जिल्ला प्रशासन कार्यालयमा संचालन रहेको मिटर व्याज पीडित सहायता कक्षमा निवेदन दिन सूचनामा भनिएको छ ।














Discussion about this post