बैशाख २४ गते । भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट उनी आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।
पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले उनी नेपाल आएको जानकारी दिए । एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् ।
त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ । आमिर खान बलिउडका सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्ये एक हुन्, जो आफ्नो बहुमुखी अभिनय कौशलका लागि परिचित छन् । उनका लोकप्रिय चलचित्र लगान, ३ इडियट्स, पीके, दिल चाहता है, रंग दे बसन्ती लगायतका छन् ।
टाइम म्यागेजिनले विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेपछि संसारभर चर्चा चुलिएका आमिरको नेपालमा पनि थुप्रै फ्यान रहेका छन् ।
Discussion about this post