सप्तरी/बैशाख २४ गते । सप्तरीमा जिल्लाको सप्तकोसी नगरपालिका वडा न.१ फत्तेपुर चोकस्थित एक होटलमा एक युवक झु ण्डिएको अवस्थामा फेला परेका छन् ।
सप्तरीको राजविराज नगरपालिका वडा न.७ घर भएका २६ वर्षिय विवेक साह होटलको कोठा भित्र झु ण्डिएको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ । ती युवक सप्तकोसी नगरपालिका १ फतेपुर चौक स्थित रहेको इन्द्रेणी होटल एण्ड लजको कोठा नम्बर १०४ मा शनिबार साँझदेखि बसेको प्रहरीको भनाइ छ ।
होटल सञ्चालक अशोक चौधरीले विहान कोठाहरू चेकजाँच गर्ने क्रममा उक्त नम्बरको कोठा खोल्दा नखोलेकोले झ्याल बाट हेर्दा निज व्यक्तिले सिलिङ पङ्खामा सलको पासो लगाई झुण्डिएर मृत अवस्थामा रहेको थियो, प्रहरीको भनाइ छ ।घटना बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जनाएको छ ।














Discussion about this post