सप्तरी/बैशाख २३ गते। सप्तरीको अगनिसाईर कृष्णासबरन गाउँपालिका वडा नं. ४ टेँगरी बडगोरिया मा सार्वजनिक बाटो बन्द गरेर स्थानीय बासीलाई कस्टमै पुर्याएका छन। वडा अध्यक्ष तेज नारायण यादव ले केहि चासो न देखाएको भन्दै त्यहाँका बासिन्दाले जनाएको छ ।
सार्वजनिक बाटो बन्द गर्दा पनि गाउँपालिकाका अध्यक्ष र त्यहाँका बुद्धिजीवीहरुले अरूको पिर मार्क हेर्दा पनि बाटो न खोलेको भन्दै त्यहाँका बासिन्दाले गुनासो पोखेका छन।
गाउँपालिकाका अध्यक्ष आफैंले बाटो खोल्नु पर्नेमा अरु पक्षसित वार्ता गरी निकास निकालेका छैन । सार्वजनिक बाटो बन्द गर्न गाउँपालिकाकै एक ब्यक्तिले गर्दा अर्को ब्यक्तिले बन्द गरेका छन् भने अरुको सहभागी रहेको समाचार आएको छ ।
यसरी सर्वसाधारणले प्रयोग गर्ने बाटो बन्द गर्ने अधिकार कसैलाई हुँदैन । त्यसमाथि पनि गाउँपालिकाका र वडा अध्यक्षले केही प्रतिक्रिया न देखाउँदा त्यहाँका जनता हतास भइसकेको छ र संलग्नतामा बाटो बन्द गरिनु त अझै घोर आपत्तिजनक नै हो ।
सप्तरीमा बाटो मिच्ने गरिएका घटना यस अघि पनि पटक–पटक भईसकेका छन् । कथित उपल्लो जातिकाले दलित बस्तीमा बाटो बन्द गरेका समाचार पनि पटक पटक आएकै हुन् । यस्ता कुरालाई सम्बेदनशील रुपमा लिन नसकेर हो वा बुझेर पनि बुझ पचाउने गरेका कारणले हो, बाटो बन्द गर्ने घटना हुन छाडेका छैनन् । विगतमा सानातिना विवाद हुँदा वा चित्त नबुझदा पनि सडक अबरुद्ध हुने गरेका थिए ।
सर्वसाधारणले निर्बाध आवागमन गर्न पाउने अधिकारमाथि कुठाराघात गर्दै बाटो रोक्ने गरिएको थियो । गाउँघरमा यस प्रकारका घटना अहिले पनि भई नै रहेका कारण यस्तो सम्बेदनशील विषयमा सरोकारवालाहरुले बन्दकर्तालाई सम्झाउने तथा सार्वजनिक स्थलको महत्वका बारेमा जानकारी दिएर भविष्यमा यस्तो काम हुन नपाओस् भन्ने तर्फ चासो लिन जरुरी छ ।














Discussion about this post