सप्तरी/बैशाख १९ गते। सप्तरीको कंचनरुप नगरपालिका १ बैरवा टोलमा मंगलबार अचानक आगलागि हुँदा नगद ७ लाख १० हजार नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
स्थानिय कलिम शेखको आफ्नै सुत्ने फुसको घरमा अचानक आगलगि हुदाँ सँगै टासिएको गाईगोठ जलि पुर्ण रुपमा नष्ट हुनुका साथै आगो फैलिएर ६ जना छिमेकीको घर, नगद, सुनचादी, लत्ताकपडा तथा अन्य सामानहरुसमेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागिमा कलिम शेखको घर भित्र रहेको ल्यापट, ३ थान मोबाईल तथा नगद २५ हजारलगायत अन्य सामाग्रिहरुसहित १० लाख, हदिसा खातुन नगद १२ हजारसहित अन्य सामाग्रिसहित १ लाख ५० हजार, ईस्लाम शेखको नगद ४ लाख र अन्य सामाग्रिहसहित १० लाख, अशलम शेखको विभिन्न सामानहसहित ७ लाख, आशिस शेखको नगद १ लाख ३५ हजार तथा अन्य सामाग्रिसहित १० लाख र लजिना खातुनको घरसहित ६ लाख मुल्य बराबरकोे क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगो कञ्चनपुरबाट खटिएको टोली, स्थानियबासि, कंचनरुपको दमकल तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै सोही दिन कंचनरुप नगरपालिका १ महादेवपट्टि निवासी भटन शेख घर नजिकै रहेको परालको टालमा अचानक आगलागि हुँदा २० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगो स्थानियबासी, नेपाल प्रहरी र हनुमाननगरको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।














Discussion about this post