बारा/बैशाख ११ गते। बारा २ को उपनिर्वाचनको अहिलेसम्मको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् ।
यादवले २२४ मत ल्याउदा जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याएका छन् । त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले १६६ मत ल्याएका छन् भने रास्वपाका रमेश खरेलले ८० मत ल्याएका छन् । करैयामाई गाउँपालिका वडा १ को मत गणना भएको हो । यो क्षेत्रमा ६७० मत गनिसकेको छ ।














Discussion about this post