जनकपुरधाम/बैशाख २ गते । जनकपुरधाममा फेला परेको युवकको श वको पहिचान खुलेको छ।

शनिबार बिहान रेल्वे स्टेशनदेखि कपिलेश्वर जाने बाटोमा जलाद खोलाको पुलमुनि युवकको श व फेला परेको हो । बिहान करिब १० बजेको समयमा पुलमा ओहोरदोहोर गर्ने यात्रुले युवकको श व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृ तक युवक भारत असामका २४ वर्षीय मोहम्मद इरफान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनी केही दिनयता जनकपुरधाममा आफ्नी सानिआमासँग बस्दै आएका थिए । मृ तककी सानिआमा जनकपुरधाम–१६ मा कोठा भाडामा लिएर बस्छिन् । इरफान जनकपुरधाममा दैनिक ज्यालादारीमा काम गर्थे ।
मृ तक इरफानको श व पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post