nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एकभन्दा बढी लघुवित्तबाट कर्जा लिनेले यसरी मिलाउन पाउनेछन् हिसाब

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २९, २०७९, ८:४६ मध्यान्ह
स्वरोजगार र जनकपुर लघुवित्तको एकीकृत कारोबार आज देखि स्वरोजगारको नामबाट सुरु

गत फागुन १० गते राष्ट्र बैंकले परिपत्र जारी गर्दै एउटा ऋणीलाई एउटा लघुवित्तले मात्र ऋण दिनसक्ने व्यवस्था गर्‍यो। यो व्यवस्था कार्यान्वयनमा आउनुअघि यसरी कर्जा लिएकाहरूले हाल चलिरहेको ऋण भुक्तानी तालिकाअनुसार नै ऋण चुक्ता गर्दै जानसक्ने व्यवस्था पनि गरिएको छ। 

तर अहिले पनि एउटा ऋणीले एकभन्दा बढी संस्थाबाट ऋण लिदा सीमाभन्दा बढी लिइरहेको भेटिएको छ।

यस्ता ग्राहकले भुक्तानी तालिकाअनुसार ऋण तिर्दा पनि सीमामा ल्याउन निकै समय लाग्ने भएपछि यस्ता ऋणीलाई विभिन्न विकल्प दिन लागिएको हो। 

‘केही व्यक्तिले २०/३० वटाभन्दा धेरै लघुवित्तबाट ऋण पाएको देखिन्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा लघुवित्त सुपरीवेक्षण विभाग प्रमुख रेवती प्रसाद नेपालले भने, ‘एकै व्यक्तिले २५ लाखसम्म ऋण समेत लिएको पाइएको छ। उनीहरूलाई कर्जा सीमामा ल्याउन समेत यो व्यवस्था गरिएको हो।’ यो नयाँ व्यवस्थाबाट राष्ट्र बैंकले पछि नहट्ने स्पष्ट पारेको छ।

हाल कुनै ग्राहकले लघुवित्त संस्थाबाट अधिकतम पाँच लाखसम्म कर्जा लिन पाउँछ। यदि ऋणीले यसरी कर्जा लिएको दुई वर्ष पुगेको छ र सो ऋणीको कर्जा असल वर्गमा परिरहेको छ। उसले सात लाख रूपैयाँसम्म कर्जा प्राप्त गर्न सक्छ। जति वटा संस्थाबाट ऋण लिएको भए पनि सीमाभन्दा धेरै ऋण लिन नपाउने व्यवस्था यसअघि पनि थियो।

ऋण लिन सक्ने सीमा पछिल्लो समय मात्र बढाइएको भए पनि ग्राहकहरूले अहिले कायम गरिएको सीमाभन्दा पनि धेरै ऋण लिइरहेको पाइएको हो। 

राष्ट्र बैंकले गत फागुन १० गते गरेको सोही परिपत्रले एकल ग्राहक सीमाभन्दा बढीको कर्जा लगानी भएको अवस्थामा संस्थाहरूले शतप्रतिशत कर्जा नोक्सानी व्यवस्थामा रकम राख्न भने निर्देशन दिएको छ।

यसरी सीमाभन्दा धेरै कर्जा लिएका वा एकभन्दा धेरै संस्थाबाट कारोबार गरिरहेका ऋणीलाई एउटै संस्थाको दायरामा ल्याउने विभिन्न रणनीति अपनाउन लागिएको हो।

‘एकभन्दा बढी संस्थाबाट ऋण लिइसकेकाहरूलाई केही समय दिएर भए पनि एउटामा मात्र ऋण रहने व्यवस्था गर्न संस्थाहरूलाई भनिसकेका छौं,’ नेपालले भने, ‘केही समय लाग्ला तर यो काम गर्नैपर्ने भएको छ।’ 

विभिन्न संस्थाबाट ऋण लिएको ऋणीलाई आफूले लिएको ऋण पाँच आधारमा रहेर एउटै संस्थामा सार्न सक्ने सुविधा दिन लागिएको हो। यसरी ऋण सार्दा विभिन्न संस्थामध्ये पुरानो लघुवित्त संस्थाले ग्राहकको नाममा अन्यमा भएको ऋण आफ्नोमा सार्न सुविधा दिन सक्नेछन्। 

या सबैभन्दा धेरै ऋण लिएको संस्थामा ग्राहकले ऋण सार्न सक्ने भएका छन्। तेस्रो उपायमा यस्तो ऋणीको सधैंभन्दा धेरै बचत रकम जुन संस्थामा छ, त्यसैमा ऋण सार्न दिने हो। 

चौथो तरिका भनेको ऋणी आफैंलाई संस्था छनोट गर्न दिने र अन्तिम विकल्पमा संस्थाहरूले अर्को संस्थाबाट सम्बन्धी ग्राहकको ऋण किन्न (स्वाप गर्न) सक्ने व्यवस्था गरिदिने भएको हो। 

विभागले लघुवित्त संस्थाहरूलाई यही आधारमा ऋणीहरूको वर्गीकरण गरेर यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ। 

राष्ट्र बैंकले जारी गरेको फागुन १० गतेको निर्देशनले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट ऋण लिइसकेकाहरूलाई समेत कुनै पनि लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ।

Tags: लघुवित्तलघुवित्त समाचार

Discussion about this post

Related Posts

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बालबालिकाकाे हातको चाँदीको बाला निकालेको आरोपमा एक पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

स्कुले बालिका दुर्व्यवहार गर्ने मुख्य आरोपीलाई प्रहरीद्वारा गाेली हानी पक्राउ

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

अयोध्यामा बन्ने भयो भगवान् वेंकटेश्वर अर्थात् बालाजीको भव्य मन्दिर, १० एकड जग्गा माग

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

सिरहाका सीमा क्षेत्रबाट १३ लाख बढीको अवैध सामान बरामद

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि