nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्त पीडितहरूले भने, ‘सरकार मुक्ति देऊ कि मृ त्यु देऊ’,यस्ता छन् थप संघर्षका कार्यक्रम

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २९, २०७९, १२:३३ मध्यान्ह
लघुवित्त पीडितहरूले भने, ‘सरकार मुक्ति देऊ कि मृ त्यु देऊ’,यस्ता छन् थप संघर्षका कार्यक्रम

काठमाडौँ/चैत २९ गते । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरूले सरकारसँग न्यायको माग गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । 

उनीहरूले ‘सरकार कि हामीहरूलाई मुक्ति देऊ कि मृत्यु देऊ’ भन्दै थप संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । कार्यक्रममा लघुवित्त संस्था विरुद्धको संघर्ष समिति ले अध्यक्ष मणिराम ज्ञवालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको छ । त्यस्तै, देशव्यापीरुपमा संघर्षलाई थप आक्रामक गर्ने उद्घोष गरेका छन् ।

चैत २१ देखि माइतीघर मण्डलामा अनसनरत पीडितहरूले लघुवित्तले आफूहरूलाई मर्नु न बाच्नुको अवस्थामा पुर्‍आएको बताए । उनीहरूले आफूहरू घरमा बस्ने नसक्ने अवस्था सिर्जना भएको बताएका छन् । समितिका अध्यक्ष ज्ञवालीले पीडितहरूको जीवन मर्नु न बाँच्नुको अवस्थामा पुर्‍याउने लघुवित्तले कयौँको ज्यान लिइसकेको र सयौँलाई विस्थापित गरिसकेको जानकारी दिए । ज्ञवालीले न्यायको निम्ति आफूहरूले निष्कर्षसहित अन्तिम लडाइँको लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको बताए ।

राष्ट्रिय किसान संघ सञ्जाल नेता अगस्त अधिकारीले लघुवित्तीय संस्थाहरूले राष्ट्र बैंकको निर्देशिका र प्रचलित ऐन कानुन मिचेर आमजनतालाई गर्दै आएको ज्यानमारा ज्यादतीबाट न्याय पाउन आफ्नो किसान संगठनले सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । 

संघर्ष समितिका केन्द्रीय सचिव रमेश तामाङले देशका झण्डै ५८ लाख महिलाहरू लघुवित्तहरूको ऋणी भएको र अधिकांशलाई ब्याजको स्याज लगाएर गैरकानुनी तिरकाले यातना दिएको आरोप लगाए । उनले अहिले गरिब दुःखीको पार्टी माओवादी र त्यसका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकार मुख दर्शक भएर बस्नु गलत भएको बताउँदै भने, “प्रचण्डज्यू तपाईं साँच्चिकै गरिब जनताको नेता हो भने अब यही हो मौका ऋण मिनाहा गरेर न्याय दिनुस् ।” 

त्यसैगरी समितिकी केन्द्रीय कोषाध्यक्ष शिखा रेस्मीले आफूहरूको आन्दोलनलाई साथ दिनुको सट्टा पीडितहरू पीडामा घ्यू थप्ने कार्य गरेको र त्यस्तो नगर्न चेतावनी दिइन् । दाङकी पार्वती भुसाल, बर्दियाकी सविता बिक, चितवनकी माया महत, नवलपरासीकी मायादेवी थारुलगायतले लघुवित्तहरूको ज्यादतीविरुद्ध आत्मदाहसम्म गर्न तयार भएको बताए ।

यस्ता छन् थप संघर्षका कार्यक्रम:

१. चैत्र २९ गतेदेखि वैशाख २ गतेसम्म वडा र स्थानीय तहहरूमा व्यापक विरोध प्रदर्शनका साथै ज्यादतीका विरुद्ध प्रतिरोध गर्ने । 

२. २०८० साल वैशाख ३ र ४ गते राष्ट्रिय लोकमार्गहरुमा सडक बिस्तारमा सुत्ने । 

३. वैशाख ५ गते अध्यक्ष मणिराम ज्ञवालीको नेतृत्वमा आमरण अनसन बस्ने । 

४. पीडितलाई स्वतःस्फूर्त रूपमा आमरण अनसन बस्ने लागि आह्वान गर्ने । 

५. माग पूरा नभए वडा, स्थानीय तह हुँदै केन्द्रसम्म आन्दोलन सशक्त बनाउने ।

Tags: लघुवित्तलघुवित्त न्युजलघुवित्त समाचार

Discussion about this post

Related Posts

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि