एजेन्सी/चैत २४ गते। भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृ त्युको मामिलामा प्रहरीले थुप्रै दिनदेखि फरार अभियुक्त समर सिंहलाई गाजियाबादबाट प क्राउ गरेको छ ।
समर सिंहलाई शुक्रवार गाजियाबादको अदालतमा पेस गरिनेछ । त्यहाँबाट ट्रान्जिट रिमान्ड लिएर उनलाई वाराणसी लगिनेछ ।
२६ मार्चमा आकांक्षा दुबेको शव वाराणसीको एक होटेलमा भेटिएको थियो । आकांक्षा दुबे कथित रूपमा एक फिल्मको सुटिङका लागि वाराणसी गएकी थिइन् ।
आकांक्षाको मृ त्युपछि उनकी आमाको उजुरीको आधारमा वाराणसीका सारनाथ थानामा एक मुद्दा दर्ता गरिएको छ ।
यसमा उनकी आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि आफ्नी ‘छोरीलाई मारेको’ आरोप लगाएकी छिन् ।
Discussion about this post