काठमाडौँ/चैत २० गते ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।
नेपाल आयल निगमले प्रतिलिटर डिजेल १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १७५ र डिजेल तथा मट्टितेलको १६५ रुपैयाँ कायम भएको छ ।





















Discussion about this post