nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

त्रास अनि आसमा लघुवित्तकर्मी

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ४, २०७९, १२:३६ मध्यान्ह
त्रास अनि आसमा लघुवित्तकर्मी

काठमाडौं/उपेन्द्र न्यौपाने । बंगलादेशमा जन्मिएको लघुवित्त नेपाली समाजमा सुरु भएको करिब तीन दशक भएको छ । नेपालको त्यो अत्यास लाग्दो गरिबी र सामाजिक विभेद न्यूनीकरणको लागि लघुवित्तको भूमिकालाई निषेधित गर्न सकिँदैन । मानव जीवनमा मानवीय स्वभाव तथा मानवीय आवश्यकता परिपूर्तिको लागि कर्जा तथा सापटी एक अभिन्न अंग जस्तै बनेको छ । जस्तै आर्थिक सफलताको लागि होस् वा व्यवसायिक सफलताको लागि, कर्जा लिनु बाध्यात्मक अवस्था छ । किनकी सम्पूर्ण मानिसहरुले व्यवसाय गर्न लाग्ने सबै रकम बचत गरेर राख्न सक्ने विषय होइन । मानव इतिहासको सुरुवाती चरण देखिनै हेर्ने हो भने कर्जा प्रवाह प्रणालीको फरक फरक रुपहरु देख्न सकिन्छ ।

सुरुवाती चरणमा आम मानिसलाई कर्जा आवश्यक पर्दा साहु माहाजनकोमा गएर घरजग्गा चल अचल सम्पत्ति बन्धक राखेर ऋण लिने अवस्था थियो जसमा चक्रवृत्ति व्याज प्रणाली थियो जसले गर्दा सावाको व्याज र व्याजको स्याजले धितो राखिएको सम्पत्ति बिरलै फिर्ता हुने गर्दथ्यो । ऊ बेलाको अशिक्षीत समाजमा वित्तीय साक्षरता हुने त कुरै भएन । अंकको पछाडी शून्ना थप्दै जाँदा त्यसले बन्धक राखिएको सम्पत्ति नै हडपिन्छ भन्ने ती निमुखा गरिब जनतालाई थाहा हुने कुरै भएन । समाज परिवर्तन हुँदै जाने क्रममा विस्तारै बैंकीङ्ग प्रणालीको विकास हुँदै गयो बैंकहरुको स्थापना हुँदै गए तर यी पनि धितो राख्न सक्ने र पहुँचवालाहरुका लागी मात्र काम लाग्ने र उपयोगी भयो । निमुखा गरिबको लागी यो प्रणाली पनि आकाशको फल जस्तै भयो ।

गरिबी न्युनीकरणको लागी पुनः विभिन्न बहसहरु सुरु हुन थाल्यो, जसका लागी एनजीयो नेपाल सरकारका विभिन्न औपचारिक तथा अनौपचारिक परियोजनाहरु मार्फत लघुबैंकिङ्ग प्रणालीको अभ्यास हुन थाले तर ती अभ्यासहरुले दीर्घकालीन रुपमा सफलता प्राप्त गर्ने देखिएन । फलस्वरुपः सुरु भयो लघुवित्त कार्यक्रम ।

नेपालको सन्दर्भमा लघुवित्तको इतिहासमा करिब तीन दशक लामो रहेको छ । चुलो चौकोमा मात्र सीमित महिलाहरुलाई वित्तीय साक्षरतासहित आर्थिक क्रियाकलाप मार्फत व्यवसायिक धारणमा विकास गराउनु नै लघुवित्तको प्रथम सफलता हो । यसैपनि विकट गाउँवस्तीमा बैंकिङ्ग कारोबार पुर्याउनु सहज विषय होइन । घामपानी धुवाधुलो केही कुराको प्रवाह नगरी विकट गाउँवस्तीमा जसको कुनै धितो राख्ने सम्पत्ति छैन जसलाई गाउँका हुनेखानेले एक रुपैयाँ पनि कर्जा पत्याउँदैन त्यस्ता वर्गको लागी लघुवित्त तीन दशकदेखि बिहानीको किरणझै झुल्किरहेको छ । बोल्न नजान्नेलाई बोल्न सिकायो पैसा नचिनेकालाई पैसा गन्दै व्यवसायबाट आम्दानी गर्दै पैसा गन्न सिकायो । भनिन्छ लघुवित्त महिला दिदीबहिनीहरुको माइती घर जस्तै हो किनकी गाउँका सोझा साझा दिदीबहिनीको दुःख पीडा मर्का बुझ्ने भनेकै लघुवित्तले हो ।

आजको नेपाली समाजमा कुनै गरिबले व्यवसाय गर्छु भन्दै गर्दा कुनै साहुमहाजनले कर्जा पत्याउनीवाला छैन तर हामी लघुवत्तकर्मीहरु भनिरहेका छौं की आउनुस् हे विकट तथा गाउँका दुरदराज गाउँवस्तीका गरिब आमा दिदीबहिनीहरु हामी तपाईंहरुको हातमा हात साथमासाथ दिएर तपाईंहरुको व्यवसायिक धारणालाई सफलताको शिखरमा पुर्याउन मदत गर्नेछौं । र, यो हामीले विगत तीस वर्षदेखि गरिरहेका छौं । गरिबी न्युनीकरणमा लघुवित्तको महत्वपूर्ण भूमिकालाई नकार्न सकिँदैन । विकट गाउँवस्तीमा वित्तीय साक्षरता र वित्तीय सचेतना फैलाउने यिनै लघुवित्तकर्मीहरु हुन् ।

तर आज यिनै लघुवित्तकर्मीहरु माथी समाजमा अपमान जनक व्यवहार गर्न थालिएको छ । गाउँ गाउँमा अराजक झुन्डहरु बनाएर लघुवित्तकर्मीहरुलाई धम्क्याउने पिट्ने आधारहीन आरोपहरु लगाएर फसाउन खोज्ने, कालोमोसो दल्ने यस्ता गतिवधिहरु बढेको देखिन्छ । अझ राष्ट्रीय स्तरका समाचार माध्यमहरुले समेत आधारहीन समाचार सम्पे्रषण गर्नुले त झन् आलो घाउमा नुन छरे जस्तै भएको छ । गाउँ शहरका चोकचोक गल्ली गल्लीदेखि सदनमा समेत लघुवित्तले ठगे लघुवित्तकर्मी अपराधी हुन भन्ने सुनिन्छ तर कहाँ को र कसरी ठगिए त भन्दै तथ्य माग्दा तथ्य भने कसैले प्रस्तुत गर्न सक्दैनन् ।

भर्खरै मात्र एकजना बिदामा बसेको कर्मचारीलाई नचाहिँदो परिकल्पना नै गर्न नसकिने आरोप लगाएर बजारमा किनमेल गर्दै गर्दा दुई चार जना अराजक तत्व मिलेर पिटेको र उल्टै नभएको आरोप लगाएर हिरासतमा पुर्याएको घटना हामीले देख्यौं । यसमा हामीले एक निर्दोष लघुवित्तकर्मीलाई अनाहकमा फसाउँदै गर्दा राज्य पक्षले गरेको सहयोग पनि छर्लङ्गै देखियो । यसले हामी लघुवित्तकर्मीलाई झनै त्रास फैलाएको छ विकट गाउँ वस्तीमा गएर काम गर्नुपर्ने मनोबल खस्कीएको छ ज्यान नै मार्नेसम्मको धम्कीहरु त कति हो कति । यसरी ज्यानै मार्ने धम्की दिँदै गर्दा भोली तलमाथि भयो भने त्यसको जिम्मा कसले लिने हो ? २३ हजार लघुवित्तकर्मीको जिम्मा राज्य र कथित संघर्ष समितिले लिनुपर्दछ ।

यहाँ गरिब जनतालाई कर्जाको व्याज महंगो भयो जनता ठगिए भनेर आन्दोलन गरिएको होइन आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्नको लागी गाउँमा ३६ प्रतिशतमा मात्रै नभई मिटर व्याजमा समेत पैसा लगानी गरी आफ्नो कमाइ खाने धन्दा सुचारु गर्न नपाएकोले सोझा साझा जनतालाई भ्रमित पारेर कथित संघर्ष समिति बनाएर आफ्नो कमाइ खाने धन्दा सुरक्षित पार्न खोजिएको हामीलाई थाहा नै छ ।

लघुवित्तबाट पनि केही गल्ती नै भएको छैन भन्ने होइन भएका गल्तीहरुलाई सुधार गर्न सकिन्छ । तर सुधारको कुनै कुरै नगरी लघुवित्त संस्था खारेज नै हुनु पर्दछ भन्नु भनेको केही मान्छेहरुको यसमा स्वार्थ पक्कै लुकेको छ । तर हामी यसो हुन दिँदैनौं न गरीब जनताको आशा भरोसाको केन्द्र लघुवित्तलाई धरासाही हुन दिन्छौं न त गरीब जनतालाई भ्रमित हुन दिन्छौं ।

र। अर्को यिनीहरुका झुटको खेती सधैं टिक्नेवाला पनि छैन । भ्रमित जनतालाई वित्तीय साक्षरता मार्फत पुनः वित्तीय प्रणालीमा हामी फर्काउने नै छौं । कसैले त अपराधि होस् भन्दै आरोप लगाउँदैमा हामी लघुवित्तकर्मीलाई कही फरक पर्नेवाला पनि छैन । तपाईंका प्रहारहरुले हामी लघुवित्तकर्मीहरुलाई झन् नयाँ कुरा सिकाएको छ । यसले हामीलाई थप मजबुत बनाएको छ । तपाईंहरुका भ्रम त्रास र धम्कीलाई चिर्दै एकदिन ती गरिब निमुखा जनताको आगनीमा सुनौलो बिहानी ल्याउने आस अझैपनि हामीमा छ ।

(लेखक न्यौपाने उन्नति सहकार्य लघुवित्त संस्थामा आवद्ध छन् )

Tags: बैंक तथा बित्तलघुवित्तलघुवित्त समाचार

Discussion about this post

Related Posts

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

श्री राम युवा कमिटीको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न, विजय साहले सम्हाले नेतृत्व

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि