मुम्बई/साउन २३ गते। बलिउड स्टार सलमान खानको निवासबाहिर तैनाथ एक प्रहरी अधिकारीको निधन भएको छ।प्राप्त जानकारी अनुसार उनको मृत्युको कारण हृदयाघात हो।
समाचार अनुसार मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीले कन्स्टेबल गणेश सलमान खानको घरबाहिर खटिएको बताएका छन्। ४१ वर्षीय उनी लरेन्स बिश्नोईबाट सलमान खानलाई रहेको खतरालाई मध्यनजर गर्दै सुरक्षा प्रदान गर्न खटाइएको प्रहरी टोलीमा सामेल थिए।
कन्स्टेबल गणेश अचानक बिरामी भई ढले। घटनास्थलमा रहेका अन्य प्रहरी कर्मचारीहरूले उनलाई तत्काल नजिकैको अस्पताल पुर्याए, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। प्रहरीका अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको हो।
हाल सलमान खानको निवास निगरानीमा राखिएको छ र उनलाई प्रहरी सुरक्षा प्रदान गरिएको छ। लरेन्स गिरोहबाट धम्की आएपछि सन् २०२३ मा सलमानको सुरक्षा व्यवस्था कडा पारिएको थियो। उनलाई महाराष्ट्र सरकारले ‘वाई प्लस’ श्रेणीको सुरक्षा प्रदान गरेको छ। उनीसँग सधैं ११ जनाको टोली रहने गर्छ, जसमा एक वा दुई कमान्डो र दुईजना व्यक्तिगत सुरक्षा अधिकारी समावेश हुन्छन्।
सलमानको गाडीलाई सधैं दुईवटा गाडीले स्कर्ट अर्थात सुरक्षा घेरामा राखेर लैजाने गर्छन्, एउटा अगाडि र अर्को पछाडि। साथै, सलमानको आफ्नै गाडी पूर्ण रूपमा बुलेटप्रुफ बनाएका छन् । ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको घटना पछि गत जनवरीमा सलमानको अपार्टमेन्टको ब्याल्कनीलाई बुलेटप्रुफ बनाइएको थियो। परिसरको वरिपरि उच्च(रिजोल्युसनका क्यामेराहरू पनि जडान गरिएका छन्।
पछिल्ला अनुसन्धानहरूले यो खुलासा गरे कि गोली चलाउनुको उद्देश्य सलमान खानलाई धम्क्याउनु थियो। यो आक्रमण लरेन्स गिरोहको निर्देशनमा गरिएको थियो।
सन् २०२२ मा पञ्जाबी कलाकार सिद्धु मुसेवालाको हत्या पछि लरेन्स चर्चामा आएका थिए। ‘हम साथ साथ हैं’ चलचित्रको छायाङ्कनका क्रममा भएको ‘ब्ल्याकबक’ अर्थात ‘काला हिरण’ को अवैध सिकार प्रकरणमा सलमान खानको कथित संलग्नतालाई लिएर उनले अभिनेतालाई ज्यान मार्ने धम्की समेत दिएका छन्।
१४ अप्रिल २०२४ मा, बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएका पनि थिए । गोली चल्दा सलमान आफ्नै घर भित्र थिए। उक्त घटनापछि उनको निवासबाहिर सुरक्षा व्यवस्था कडा पारियो।














Discussion about this post