nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २३, २०८३, ५:१४ मध्यान्ह
सर्वश्वहरण भएको लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा: प्रभु साह

काठमाडौं/साउन २३ गते। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रको सर्वस्वहरण भएको भन्दै वास्तविक लोकतन्त्रलाई स्थापित गर्न आफूहरुले मोर्चा बनाएको स्पष्ट पारेका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले पछिल्लो समय नेपाललाई संकटमा लान खोजिएको भन्दै आफूहरु देशलाई अग्रगामी निकास दिन लागिपरेको बताए ।

आजपा अध्यक्ष साहले भने,“उनीहरु अहंकारयुक्त नेपाल चाहन्छन्, तर हामी अहंकारमुक्त नेपाल बनाउन चाहन्छौं । उनीहरु एकांकी र एकाधिकारपूर्ण राजनीति रुचाउँछन्, तर हामी सह–अस्तित्वमा आधारित सहकार्य चाहन्छौं । हामी सर्वसत्तावाद होईन, सर्वस्विकार्य शासन चाहन्छौं । अहिले लोकतन्त्रको सवलीकरण होईन, सर्वस्वहरण भएको छ । त्यसैले हामी बास्तविक लोकतन्त्रलाई स्थापित गर्न चाहन्छौं ।”

उनले अहिले फेक फेशमार्फत फेक शासन लाद्न खोजिएको भन्दै आफूहरु रियल फेशमार्फत रियल शासन अर्थात् असल आशनको पक्षमा रहेको पनि उल्लेख गरे । उनले अहिलेको लडाईं विदेशी दलाल भर्सेस राष्ट्रिय स्वाधिनताको भएको उल्लेख गर्दै यो मोर्चाले अराजक तानाशाहबाट देशलाई बचाउने उद्घोष गरे । साहले थपे,“यो मोर्चाले प्रतिगमनको प्रतिकार गर्ने विश्वास दिलाउँछु ।”

साहले देश बनाउने शक्तिको स्रोत नै जनता भएपनि छद्यमभेषी र नक्कली शासकहरुको कारण जनता पटक–पटक ठगिएको र लुटिएको स्मरण गराए । नेपालमा ठूला–ठूला क्रान्ति र आन्दोलनहरु भएपनि ती सबै आन्दोलन हाईज्याक (अपहरण) भएको स्मरण गराउँदै साहले अब त्यसको निर्मम समिक्षासहित अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए ।

अध्यक्ष साहले मोर्चाको सिंगो पँक्तिलाई व्यापक दृष्टिकोणसहित एकताबद्ध हुन आह्वान गरे । उनले भने,“अहिले आफ्नो पद, आफ्नो पार्टी भनेर होईन, सहअस्तित्वलाई स्विकारेर देशलाई एकताबद्ध गर्ने सोच विकास गर्नुहोस । टुटफुट र विभाजन होईन, एकता र ध्रवीकरणको राजनीति गरिनुपर्छ । घृणा र विध्वंसको राजनीतिलाई प्रेम, सद्भाव र निर्माणको राजनीतिमा परिणत गर्नुपर्छ ।”

साहले विगतमा गठबन्धनको राजनीति असफल हुनुको कारण पनि स्पष्ट पारेका छन् । उनकाअनुसार नेतृत्वमा इमानदारिताको समस्या, वैचारिक स्पष्टताको समस्या, संकिर्णताको समस्या र व्यक्तिवादीको समस्याको कारण विगतमा गठबन्धनको राजनीति सफल नभएको हो । उनले अहिले एकले अर्कोलाई प्रयोग गर्ने सोच त्यागेर बरु एकअर्कालाई जोड्ने संकल्प लिन अपिल गरेका छन् । उनले नेताहरूलाई आपसमा लड्न उक्साउने नभएर एकताबद्ध गर्ने भूमिका खेल्ने संकल्पसहित एउटा नियमित लक्ष्यमा पुग्ने अठोट गर्न पनि विशेष अपिल गरेका छन् ।

देशमा जारी अन्त्यहीन संकटको यात्रालाई ब्रेक गर्न आफूहरुले मोर्चा बनाएको साहको भनाई छ । उनले देशको पछिल्लो अवस्था चित्रण गर्ने क्रममा सरकार बदलिएपनि सिच्युवेशन उस्तै रहेको टिप्पणी गरे । उनले भने,“आज देश छोड्ने क्रम रोकिएन, सेवा लिनेको लाईन लागेकै छ । व्यापारी, व्यवसायीहरु पलायन हुँदैछन् । किसान निराश छन् । मूल्यवृद्धि बढेकोबढ्यै छ । देशको अस्तित्व नै संकटमा छ । अब यो संकटको समाधान भनेको नै यही मोर्चा हो ।”

सो क्रममा उनले भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको कविताको अंश “छोटे मन से कोही बडा नही होता, टुटे मन से कोही खडा नही होता” पनि साझा गरेका छन् । साहले आफूहरु नियतबश नमिलेको बरु देशको यही नियतिले आफूहरुलाई मिल्न बाध्य बनाएको स्पष्ट पारे । उनले थपे,“हाम्रो एकता कुनै पद प्राप्तिको लागि होईन, अनि सत्ताको साझिसका लागि पनि होईन, यो मोर्चा संकट समाधानका लागि एउटा महासहकार्य हो । यो मोर्चा सरकार बनाउन र गिराउनको लागि पनि बनेको होईन, न त यो कुनै भागबण्डाको लागि नै हो । यो मुख्यमन्त्री वा मन्त्री बनाउने सहकार्य होईन, न त प्रधानमन्त्री र सभापतिको बाँडफाँड नै हो, यो देश बनाउन पवित्र मनबाट गरिएको प्रयास हो । यो कुनै दुषित दोस्ती होईन । हामी धेरै हिसाब गरेर मिलेको पनि होईन, तर बेहिसाब पनि मिलेका छैनौं ।”

उनले मोर्चाले हिमालको हित, पहाडको प्रगति र मधेशको मान बढाउने विश्वास दिलाए । उनले आफूहरुको मोर्चा समग्र देशको माया गर्नेहरुको मोर्चा भएको उल्लेख गर्दै यसले लिने निर्णय र चाल्ने कदमको प्रतिक्षा गर्न पनि आग्रह गरे । मोर्चामा आवद्ध नेताहरुको अनुहार र व्यवहारले नै इतिहास बोल्ने साहको भनाई छ ।

उनले भने,“मोर्चाका नेताहरुको अनुहार हेर्नुहोस, एक से एक इतिहास बोकेर आएकाहरु छौं, हामी यातनाको लामो यात्रा तय गरेका राजनीतिक यात्रीहरु हौं । झुक्याएर, लुकेर वा षड्यन्त्र गरेर यहाँसम्म आएका होईनौं । देश बदालवको लागि शंखनादसहित लडेर यहाँसम्म आएका छौं । कुनै लहड र लहरमा एक्कासी प्रकट भएका छैनौं भन्ने कुराको हेक्का रहोस । हाम्रो नाममा इतिहास लेखिएको छ । अहिले आएकाहरुको किर्तीमान किर्तेमा लेखिएको छ ।”

उनले आफूहरुले लिएको विचार, संकल्प, एजेण्डा र तरिका सबै नयाँ भएकोले यो मार्चो पनि नयाँ भएको दाबी गरे । उनले थपे,“यो पूरानोको निरन्तरता होईन, यो क्रमभंग हो । यो मोर्चा होश र जोशसहितको मोर्चा हो । यो मोर्चाको लक्ष्य अर्गानिक छ, त्यसैले यसको आयु पनि लामो छ । मोर्चा लामो नै जान्छ । नेपाल देव भूमी हो, सर्वकल्याण हाम्रो रगतमा छ । अरुको विनास हाम्रो पहिचान होईन ।” आफूहरु समानता र न्यायको लागि लडेकोले देश र जनतालाई असमानता र अन्याय हुन नदिने उद्घोष गरे । उनले आफूहरुको पहिचान नै विभेद र विध्वंशको विरोधी भएको बताए ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

तराइ मधेस केन्द्रितसहित साना ७ दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि