बैंकिङ खबर बाट साभार/माघ १९ गते। सुपर लघुवित्त वित्तीय संस्थाका नेतृत्वले लघुवित्तमा बदमासी गरेर लघुवित्तको प्रतिष्ठामाथि आँच ल्याउने काम गरेको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएको सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नियन्त्रणमा लिने भएको छ। संस्थाका अध्यक्ष, सञ्चालक र उच्च व्यवस्थापका कर्मचारीले आफ्नो फाइदाका लागि मिलेमतोमा करोडौँ रुपैयाँ आर्थिक अनियमितता गरेको ठहर भएको छ । संस्थाको पुँजीकोष पनि १०.३१ प्रतिशतले ऋणात्मक देखिएको छ । यसबाट धेरै अन्य लघुवित्तले पाठ सिक्न जरुरी छ ।
खास कुरा
केन्द्रीय बैंकले सुुपर लघुवित्तलाई सचेतका लागि ३५ दिनको समयसीमा दिएर समस्याग्रस्त घोषणा गरेको थियो । तर यो संस्थाले तोकिएको समयावधिसम्म आफ्नो वित्तीय अवस्था सुधार्न नसक्दा र चित्तबुझ्दो स्पष्टीकरण पेस नगरेका कारण राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिन लागेको हो।
राष्ट्र बैंक स्रोतका अनुसार राष्ट्र बैंकले आउँदा आइतबारबाट यो लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिनेछ। यसका लागि राष्ट्र बैंकको टोली आज दाङ जाँदैछ। राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले २०७८ सालको असोज मसान्तसम्मको वित्तीय विवरणका आधारमा गरेको स्थलगत निरीक्षण तथा विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यलगायतले व्यक्तिगत फाइदाका लागि नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गरेको पाएको थियो।
संस्थाका अध्यक्ष, सञ्चालक र उच्च व्यवस्थापका कर्मचारीले आफ्नो फाइदाका लागि मिलेमतोमा करोडौँ रुपैयाँ आर्थिक अनियमितता गरेको र संस्थाको पुँजीकोष पनि १०.३१ प्रतिशतले ऋणात्मक देखिएको थियो।
संस्थाका सञ्चालकहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५ को दफा १०० को उपदफा (२) (ग) मा भएको व्यवस्था बमोजिम ५–५ लाख जरिवानासमेत गरिएको थियो। सुुुपर लघुुवित्त कम्पनी ऐन २०६३ बमोजिम २०७५ चैत २४ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता भएको थियो। सो संस्था २०७६ पुुसमा फिंगोबाट लघुवित्तमा परिणत भएको थियो। जसको नाम पछि सुुुपर लघुुवित्त थियो। यो लघुवित्तको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा छ। संस्थाको अध्यक्षमा किरण चौधरी भने कामु प्रमुख कार्याकारी अधिकृतमा बुद्धिराम चौधरी रहेका छन् ।





















Discussion about this post