माघ ३ गते । धनुषा प्रहरीले ठगी आरोपमा न्यू सुनवर्षी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादवलाई प क्राउ गरेको छ ।
उनीविरुद्ध कुभोलिया देवी यादवको जाहेरीले ठगी मुद्दामा उजुरी दिएकी थिइन् । यादवविरुद्ध जिल्ला अदालत धनुषाले पुस २९ गते प क्राउ पुर्जी जारी गरेको थियो ।
यादवलाई जनकपुर उपमहानगरपालिका–२ बाट प क्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।
Discussion about this post